काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
आयोगले मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको जनाएको छ।
आयोगले पत्रमा भनेको छ, 'संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधा र कानुन बमोजिम संघीय संञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने सम्मत कार्य नेपालको संविधानमा रहेको' भन्दै राणाले बोलेको विषय संविधान सम्मत छ/छैन भनि प्रश्न गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।