काठमाडौं- निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई स्पष्टीकरण सोधेको छ।
भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि स्पष्टीकरण सोधेको हो।
प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ।
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।