काठमाडौं- निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारको कुनै सामाग्री भए तत्काल हटाउन निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबारको पत्रकार सम्मेलनमा मौन अवधिमा यस्ता प्रचार प्रसारका सामाग्री राख्न नपाउने भन्दै दलहरुलाई यस्तो निर्देशन दिएका हुन्।
आयोगले निर्वाचनको दिन सार्वजनिक यातायात रोक्ने देखि मौन अवधि लागू भएपछि मदिरा बिक्री वितरणमा रोक लगाएको उनले बताए।
आयोगले आज १२ बजेदेखि मौन अवधि लागू हुने भन्दै यस्तो आग्रह गरेको हो। सुरक्षाका हिसाबले पनि सवै तयारी पूर्ण भएको आयोगले जनाएको छ। आयोगले सवै व्यवस्था मिलाएकाले निर्धक्क भएर मतदानमा गर्न अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।