काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री र केन्द्रीय नेताहरुले नै आचारसंहिता उल्लंघन गरेको टिप्पणी गरेका छन्। पढेलेखेकाबाटै आचारसंहिता उल्लंघन भएको उनको भनाइ थियो।
मंगलबार पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई प्रभावित गर्ने कार्य कसैले पनि गर्न नपाउने भन्दै यस्तो कार्यमा संलग्नलाई आयोगले कारबाही गर्ने बताए।
उनले सुक्ष्म अनुगमनको कार्य समेत भएकाले उनीहरुको प्रतिवेदनका आधारमा कारबाही हुने बताए । मौन अवधिमा को-को मौन बस्छन् भन्ने जानकारी लिन आयोगले सुक्ष्म अनुगमन जारी राख्ने उनले बताए।
निर्वाचन आचार संहिताको किन उल्लंघन भइरहेको छ भनेर आफूलाई अचम्म लागेको उनको भनाइ थियो। दूरदराजमा आचारसंहिता पालना भएको तर शहरमा र बुझेका मानिसहरुले उल्लंघन गरेकाले स्पष्टीकरण पनि सोधेको उनले बताए।
उनले सञ्चार माध्यममा आएका सूचनाहरुलाई पनि जानकारीमा लिएको उनले बताए। स्पष्टीकरण पनि एक प्रकारको कारबाही भएको भन्दै उनले उच्च ओहोदामा बसेका व्यक्तिलाई संकेतले मात्र पुग्नुपर्ने थपलियाले बताए।
आयोगले मुख्यमन्त्री, मन्त्री र राजनीतिक दल र उच्च तहका कर्मचारीहरुलाई समेत सचेत गराएकाले कुनै कारबाही गरेन भन्न नमिल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।