काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनले नसोचेको पराजय व्यहोर्नु पर्ने दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पाँच दलिय गठबन्धनले वैशाख ३० गते पहिलो झट्का खानु पर्ने दाबी गरेका हुन्।
'संसद् विघटन गरेर जनताको बीचमा जान खोजेको थियो त्यसलाई हामीले रोक्यौं भन्दै उनीहरु भन्छन्, ' ओलीले भने, 'कहिलेसम्म रोक्छौं जनतामा जान? यही ३० गते उनीहरुले पहिलो झट्का खानु छ।'
जनताले गठबन्धनको कालाकर्तुत र गलत मनाशाय बुझेको भन्दै ओलीले भने, 'नसोचेको पराजय उहाँहरुले भोगनु पर्ने छ। उहाँहरुका कालकर्तुत र गलत मनाशाय जनताले देखेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।