काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कसरी अघि बढाउने भन्नेबारे वैशाख ३० गतेको निर्वाचनले फैसला गर्ने बताएका छन्।
यो निर्वाचनले केन्द्रीय प्रदेश बन्ने र प्रदेश सरकार र देश कसरी अघि बढाउने भन्ने कुराको फैसाला गर्ने ओलीको भनाइ थियो।
मंगलबार राजनधानीमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओलीले भने, 'भोलि केन्द्रीय प्रदेश बन्ने कुरा र देशलाई कसरी अघि बढाउने भन्ने कुरा ३० गतेको निर्वाचनले फैसला गर्दै छ।'
राष्ट्र निर्माणको अभियान एमालेले सञ्चालन गरेको भए पनि अस्वस्थ रुपमा र अलोकतान्त्रिक रुपमा त्यसलाई अवरुद्ध गरिएको भन्दै ओलीले त्यस्ता व्यवधानलाई चिरेर अघि बढाउन आवश्यक रहेको र यसको फैसला ३० गते हुने बताए।
आफू नेतृत्वको सरकारले सांस्कृतिक र ऐतिहासिक विविधताको संरक्षणका लागि काम गरेको दाबी गरे।
'धरहरालाई सेतो भ्यू टावर बाहेक केही होइन भने, उनीहरुले धरहरालाई मचन देखे' ओलीले भने, 'पेरिस खुब जान्छन् आइफिल टावरको टुप्पामा पुग्छन् के देख्छन् के हेर्छन् के बुझ्न् थाहा छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।