काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको चुनाव चिह्न रुख रहेकाले, रूखमा मत दिन आग्रह गरेका छन्।
गृहजिल्ला डडेलधुरामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अरु चिह्न 'करुवा फरुवा' मत नदिन आग्रह गरे।
करुवा चुनाव चिह्न कांग्रेस वीपीको हो। कांग्रेसका निर्वतमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीले कारबाही गरेपछि उनी कांग्रेस वीपीमा गएका थिए।
पार्टी छाडेर अन्य चुनाव चिह्न लिएर उम्मेदवार बनेकाप्रति लक्षित गर्दै उनले भने,‘कांग्रेसको चिह्न एउटै हो। र, त्यो रूख हो। अरु करुवा फरुवा हैन।'
देउवाले पार्टी छाडेका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन पनि आग्रह गरे। उनले भने,‘कांग्रेस पार्टीका केही साथीहरूलाई भन्छु जो बाटो बिर्सिएर जानुभएको छ, फर्किनोस् पार्टीमा।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।