• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मेलम्चीमा विपत् व्यवस्थापन र जोखिमका बस्ती स्थानान्तरण पहिलो प्राथमिकता हो: बालकृष्ण देउजा

64x64
नेपाल लाइभ सोमबार, वैशाख २६, २०७९  १४:०२
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भएपनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच  तथा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। एमाले भने एक्लै प्रतिस्पर्धामा छ। एमालेबाट बालकृष्ण देउजा मेयरका उम्मेदवार छन्। देउजासँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश:

मतदाताहरूले तपाईलाई किन मत दिने?
म लामो समयदेखि सामाजिक कार्यमा छु। विगतमा कृषि अभियन्ता भएर नगरका सबै स्थान पुगेको छु र त्यहाँका सुखदुःख बुझेको छु। कृषिमा आधारित अर्थतन्त्र विकास गर्नुपर्ने पक्षमा म लामो समयदेखि लागेको छु। मैले युवाहरूका लागि पनि योजना बनाएको छु। युवालाई लक्षित गरेर मैले योजना र कार्यक्रमहरू पनि ल्याएको छु। मेलम्ची नगरपालिकाभित्र गर्नुपर्ने धेरै काम छन्, त्यसका लागि म योग्य र यहाँका समस्या बुझेको मानिस हुँ। घरदैलो अभियानका क्रममा यहाँका जनताले धेरै उत्साह दिनुभएको छ। खासगरी मैले अघि सारेका योजना र विकासका कार्यहरूका लागि जनताले मत दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ। 

मेलम्ची नगरपालिका विपत्‌ग्रस्त क्षेत्र हो, यसको व्यवस्थापनलगायत विकासका काममा तपाईंका योजना के छन्?
२०७८ असार १ र त्यसपछि हेलम्बुको भ्रेमाथाङको बाढीले मेलम्ची प्रभावित छ। आगामी नेतृत्वले यसमा काम गर्नुपर्ने छ। मैले घोषणापत्रमा यसको पनि योजना बनाएको छु। मेलम्ची खोला र इन्द्रावतीलाई तटबन्ध गरेर व्यवस्थित गर्नेदेखि बाढीले क्षति पुर्‍याएका बस्ती र खेतीयोग्य जमिनहरूलाई पुनः प्रयोगमा ल्याउनका लागि मैले नेतृत्व पाएको अवस्थामा काम गर्छु। बाढीले बगर बनाएका खेतहरूलाई पुनः प्रयोगमा ल्याउन योजना बनाएर काम गर्नेछु। भएका सडक विस्तारको साथै प्रत्येक वडा पुग्ने सडकहरूको स्तरोन्नती गर्ने मेरो योजना छ। अहिले प्रत्येक वडामा सामान्य सडक सञ्जाल छ, त्यसलाई व्यवस्थित र व्यापक बनाउने छु। अघिल्लो कार्यकालमा भएका, तर अपूरा कामलाई निरन्तरता दिनेछु।

Ncell 2
Ncell 2

नगर व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
यहाँको मुख्य मेलम्ची बजारसहित अन्य बजारमा पनि बाढीले क्षति पुर्‍याएको छ। बस्न अयोग्य ठाउँबाट बस्ती स्थानान्तरण गर्नुपर्ने छ। भ्रेमाथाङको पहिरोले पुर्‍याउने क्षतिबारे विज्ञद्धारा मूल्याङ्कन गराएर व्यवस्थित र सुरक्षित बजार बसाउने योजना छ। विपत्‌को पूर्वसूचना जारी गर्ने संयन्त्रहरूको विकास गरिने छ।

यहाँ रोजगारीको पनि समस्या छ। कृषि र पर्यटनबाट रोजगारी सिर्जना गर्न सकिन्छ। हेलम्बु पर्यटकीय क्षेत्र हो। त्यसलाई मेलम्चीसँग जोडेर पर्यटकलाई यहाँ पनि बास बसाउन सकिन्छ। धार्मिक पर्यटक बढाउन पनि काम गर्नेछु। सामुदायिक विद्यालयहरूको स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना छ।

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
मेलम्ची नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको हो। हामीले गरेका काम नै हाम्रो शक्ति हो। हामीविरुद्ध नेपाली कांग्रेस र राप्रपाको गठबन्धन एकातिर छ भने अर्कोतिर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। यहाँ सत्ता गठबन्धन नै एकअर्कामा मिल्न सकेका छैनन्। उनीहरू मिलेकै अवस्थामा पनि हामीलाई जनताले विश्वास गर्छन् भन्ने लाग्छ। त्यसैले हामी जनताको मत पाउनेमा ढुक्क छौँ।

यो पनि पढ्नुहोस्

मेलम्ची नगरपालिकामा त्रिपक्षीय भिडन्त, विपत् व्यवस्थापनका लागि उम्मेदवारसँग छैनन् ठोस अजेण्डाशनिबार, वैशाख २४, २०७९

यो पनि पढ्नुहोस्

मेलम्चीमा विपद् व्यवस्थापन गर्ने पहिलो योजना छ : आइतमान तामाङ [अन्तर्वार्ता]आइतबार, वैशाख २५, २०७९

 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्