• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मेलम्चीमा विपद् व्यवस्थापन गर्ने पहिलो योजना छ : आइतमान तामाङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, वैशाख २५, २०७९  १७:०९
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाबीच तालमेल छ। यहाँ कांग्रेसबाट आइतमान तामाङ मेयरका उम्मेदवार छन्। तामाङसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश-

मतदाताले तपाईंलाई किन मत दिने? 
म लामो समय यहाँका नागरिकसँगै छु। गत वर्ष असारमा आएको विपत होस् वा २०७२ सालको भुकम्प र कोरोना महामारी, मैले यसै क्षेत्रमा बसेर काम गरेको छु। म गत निर्वाचनमा निकटतम् प्रतिश्पर्धी भएँ। यो पाँच वर्षदेखि मेरा कमजोरीहरु सुधार गर्दै जनतासँगै काम गरिरहेको छु। एमाले नगरपालिकाको नेतृत्वमा आएपछि जनताको अपेक्षा अनुसार काम गरेन। बाढीको समय होस् वा कोरोनाकाल, स्थानीय सरकारले जनतालाई सेवा दिन सकेन। जनता निरास भएका छन्। उनीहरुले यस पटक परिर्वतन खोजेका छन्। त्यसका लागि म विकल्प भएका धेरै मतदाताले बताउनु भएको छ।

मेलम्ची नगरपालिकाभित्र गर्नुपर्ने धेरै काम छन्, त्यसका लागि म योग्य र यहाँको माटो ताथ अवस्थिति वुझेको मानिस हुँ। विद्यालय, विकास निर्माणदेखि बालमैत्री शासन व्यवस्थाका लागि मैले योजनाहरू अघि सारेको छु। यी योजना पूरा गर्न पनि मलाई जनताले मत दिनुहुन्छ भन्ने अपेक्षा छ।

मेलम्ची नगरपालिका विपद्‍ग्रस्त क्षेत्र हो। विपद् व्यवस्थापन, सडक विस्तारजस्ता विकासका काममा तपाईंका योजना के छन्?
२०७८ असार १ र त्यसपछि हेलम्बुको भ्रेमाथाङमा आएको बाढीले प्रभावित क्षेत्र भएकाले नजिकै आएको वर्षायाममा यो क्षेत्रमा संकट आउन नदिन सबैभन्दा पहिले काम गर्नुपर्नेछ। त्यसका लागि मसँग केही योजनाहरु छन्। नदी नियन्त्रणदेखि नदीलाई व्यवस्थित गर्नेसम्मका काम म मेरो कार्यकालमा गर्छु। मेरो प्रतिबद्धतापत्रमा यस क्षेत्रको विस्तृत विकासबारे उल्लेख गरेको छु। 

मेलम्चीमा अब नगरस्तरीय मात्र नभई केन्द्रीय योजना पनि ल्याउनुपर्ने छ। यसका लागि काम गर्नेछु। केन्द्रसँग पहुँच भएको नगर प्रमुखको रुपमा मैले दीर्घकालीन महत्त्वका योजनाहरु अघि सारेको छु। यसका लागि पनि नगरवासीले मलाई मत दिने छन्। मेलम्ची खोला र इन्द्रावतीलाई तटबन्ध गरी गहिराउने काम मेरो कार्यकालमा हुने छ। बाढीले क्षति पुर्‍याएका बस्ती र खेतीयोग्य जमिनहरुलाई पुन? प्रयोगमा ल्याउन काम गर्नेछु। 

Ncell 2
Ncell 2

प्रत्येक वडाहरुमा पुग्ने सडकलाई स्तरोन्नती गर्ने योजना छ। त्यसका लागि नगरले विस्तृत योजना बनाएर काम गर्छ। बडा कार्यालयहरुको भौतिक संरचना निर्माणदेखि महिला, बालवालिका र युवाहरुको क्षेत्रमा पनि काम हुने छ। 

नगर व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के–के छन्?
मेलम्ची भर्खरै विकास हुदै गरेको नगर भएकाले यसलाई अझै व्यवस्थित बनाउन योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता महसुस गरेर मैले मेरो प्रतिवद्धतापत्रमा उल्लेख गरेको छु। मेलम्ची बजार, ग्याल्थुम, तालामाराङ, बाहुनेपाटी र अन्य बजारहरुमा विपद्का कारण क्षति पुगेकोले पुनर्निर्माणका लागि काम गर्नु छ। भ्रेमाथाङको पहिरोले पुर्‍याउने क्षतिहरुको विज्ञद्धारा मूल्यांकन गराएर व्यवस्थित र सुरक्षित बजार बसाउने अभियान नै शुरु गर्ने छौं। त्यस्तै विपद्को पूर्वसूचना जारी गर्ने संयन्त्रहरुको विकास पनि गरिने छ।

अर्को समस्या भनेको रोजगारी हो। यहाँ प्रचुर मात्रामा गर्न सकिने भनेको कृषि हो। त्यस्तै, पर्यटकीय क्षेत्रहरु पनि रहकाले यसलाई विस्तार गरेर रोजगारी बढाउन सकिन्छ। हेलम्बुसम्म जाने पर्यटकलाई मेलम्ची बसाइ गराउने, गुफाडाँडाजस्ता अनेकौँ पर्यटकीय क्षेत्रहरुलाई विस्तार र प्रचार गरेर पर्यटक वृद्धि गर्ने, पाल्चोक जस्तो धार्मिक पर्यटनको क्षेत्रलाई अझै आकर्षक बनाउने योजना छ।

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
मेलम्ची नगरपालिकामा अहिले हेर्दा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। हामीले राप्रपासँग तालमेल गरेर उपमेयर दिएका छौँ। माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेल गरेर निर्वाचन लडेको छ। नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा छ। अघिल्लो कार्यकाल एमालेले जितेकाले यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा रहेको भन्न सकिन्छ। मैले सबै प्रतिस्पर्धीलाई समान रुपमा लिएको छु। विगतभन्दा यसपटक नेपाली कांग्रेसको संगठन विस्तार गरेको छ। त्यसैले हामी अन्य प्रतिश्पर्धीभन्दा अगाडि छौँ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्