• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मेलम्ची नगरपालिकामा त्रिपक्षीय भिडन्त, विपत् व्यवस्थापनका लागि उम्मेदवारसँग छैनन् ठोस अजेण्डा

64x64
नेपाल लाइभ शनिबार, वैशाख २४, २०७९  १४:२३
1140x725

मेलम्ची – गत असार १ गते मेलम्ची नगरपालिकामा हेलम्बुको भ्रेमाथाङबाट आएको बाढीले बितण्डा मच्चायो। सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को एउटा मुख्य बजार एकै दिनको बाढीले खण्डहर बनायो। 

बाढीले मेलम्ची नगरपालिको तारामाराङ , ग्याल्थुम, शिखरपुर ,बाहुनेपाटी र फटकशिला लगायतको क्षेत्रमा ठूलो क्षति पुग्यो। बाढीले उक्त क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीदेखि शीर्षनेताहरु पुगे अनि आश्वासन पनि दिए। अहिले वर्षायाम सुरु भएसँगै मेलम्चीबासीहरु आकाशतिर हेरेर रात बिताउन वाध्य छन्। उक्त बाढीले क्षतिग्रस्त बनाएको मेलम्चीलाई स्थानीयले निकै कष्टका साथ अहिले बस्न लायक बनाएका छन्। आवासको व्यवस्था गरेपछि बाढीको कटानले बाँकी रहेको जग्गा कतै यस वर्ष बाढीले लैजाने त होइन भन्ने त्रासमा छन् उनीहरु। 

अहिले देशभरै निर्वाचनको माहोल रहेको छ। वैशाख ३० गतेको स्थानीय तहको चुनावको रौनक यस क्षेत्रमा पनि रहेको छ।  

मेलम्ची नगरवासीका घर आँगनमा भोट माग्न आउने उम्मेदवार प्रशस्त देखिएका छन्। राजनीतिक दलहरु माइक बोकेर आफ्नो अजेण्डा प्रचार गरिरेका छन्।  यसरी प्रचार गरिहँदा राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा यो क्षेत्रको विपत् व्यवस्थापनका बारेमा भने ठोस अजेण्डा पेस गर्न सकेका छैनन्। उनीहरुले इन्द्रावती र मेलम्ची नदी नियन्त्रण गरेर गहिरो बनाउनेदेखि बजार वचाउनेसम्मका कुरा गरिरहेको भए पनि कुनै पनि उम्मेदवारसँग ठोस अजेण्डा नरहेको मेलम्ची बजारका स्थानीय सिद्धीनारायाण श्रेष्ठले बताए। मेलम्ची बजारका अर्का स्थानीय शम्भु चालिसेको अनुभव पनि त्यस्तै छ।  

त्रिपक्षीय प्रतिस्पर्धा  

मेलम्ची नगरपालिकाको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस–राप्रपा र माओवादी–एकीकृत समाजवादीबीच प्रतिस्पर्धा देखिएको हो। गत स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिका नेकपा एमालेले जितेको थियो। उक्त समयमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस भएको थियो। 

अहिले नेकपा एमालेले मेयर र उपमेयरमा नयाँ अनुहारलाई उठाएको छ। गत निर्वाचनमा विजयी डम्बर अर्याल पुन: मेयरमा दोहरिन चाहेको भए पनि उनले टिकट पाउन सकेनन्। एमालेले मेलम्चीको मेयरमा बालकृष्ण देउजालाई टिकट दियो। मेलम्चीमा एमालेले उपमेयरमा उमा श्रेष्ठलाई अघि सारेको छ। हालकी उपमेयर भगवती नेपाल एकीकृत समाजवादीमा लागेकी थिइन्। 

त्यस्तै नेपाली कांग्रेसले गत निर्वाचनमा पराजित आइतमान तमाङलाई यस पटकको निर्वाचनमा पनि मेयरमा अघि सारेको छ। कांग्रेसले नगरस्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ। राप्रपाबाट उपमेयरमा कुमारी तामाङ उम्मेदवार रहेकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो निर्वाचनमा दोस्रो र चौथो स्थानमा रहेको पार्टीले आपसी तालमेल गरेकाले निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।  

त्यस्तै नेकमा माओवादी केन्द्र र  एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले तालमेल गरेर मेयर/उपमेयरको उम्मेदवार उठाएको छ। एकीकृत समाजवादीका नानीराम चौलागाई मेयरको उम्मेदवार बनाइएको छ। त्यस्तै माओवादी केन्द्रबाट देवेन्द्र घोरासाइने उपमेयरका उम्मेदवार रहेका छन्। 

अघिल्लो निर्वाचनमा उनले वडाध्यक्ष जितेका थिए। गत स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिकामा माओवादी केन्द्रले तेस्रो स्थान हात पारेको थियो। 

एकीकृत समाजवादीको संगठन नगर क्षेत्रमा राम्रो भएको र नयाँ पार्टी भएकाले कति मतदाता छन् भन्ने एकीन हुन नसक्दा प्रतिस्पर्धा यही पार्टीको पक्षमा हुने कुनै अनुमान नभएको समाजवादीबाट मेयरका उम्मेदवार चौलागाईले बताए। उनले मेलम्चीमा त्रिपक्षी प्रतिस्पर्धा हुने र आफू नीतिगत रुपमा अरु उम्मेदवार भन्दा अगाडि रहेको दाबी गरे। 

Xtrem

Xtrem

विपतबारे के छन् उम्मेदवारका अजेण्डा?

विपतबारे काम गर्ने सवै मेयरहरुको अजेण्डा अघि सारेका छन्। तर उनीहरुले कसरी काम गर्ने भन्ने खाका बनाउन भने सकेका छैनन्।  नेकपा एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण देउजाले मेलम्ची नगर विपतग्रस्त क्षेत्र भएकाले आफू नेतृत्वमा आएपछि यसको संरक्षण र सुरक्षितस्थानमा बस्ति बनाउने काम गर्ने बताए। उनले हेम्लबुदेखि  काभ्रेसम्मको सवै क्षेत्रमा भ्रेमाथाङ बाढी पीडित रहेकाले उनीहरुको सर्वेक्षण गरेर विस्तृत योजना बनाउनुपर्ने आवश्यकता रहेको बताए। बाढीले क्षति पुर्‍याएका घर, जग्गा र अन्य सम्पत्तिहरुको लगत तयार गरेर क्षतिपूर्ति र राहतको काम गर्ने उनले बताए। त्यस्तै कांग्रेसबाट मेयरका प्रतिस्पर्धी आइतमान तमाङले मेलम्ची नगरमा आफूले जितेमा विपतबाट सुरक्षित बनाउन काम गर्ने बताए। उनले पुनर्निर्माणदेखि क्षतिपूर्तिसम्मको काम गर्ने बताए। इन्द्रावती र मेलम्ची नदी नियन्त्रणका लागि नगरले विस्तृत योजना बनाउने उनको भनाइ थियो। 
त्यस्तै एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रहेका नानीराम चौलागाईले आफूले नगरको नेतृत्व पाएमा खोला गहिरो पार्ने र बाढी प्रभावित परिपरिका खोतीयोग्य जमिनलाई पुन: प्रयोगमा ल्याउने उनले बताए। उनले भ्रेमाथाङ पहिरोका कारण भएको क्षति मूल्यांकन गरेर योजना बनाएर काम गर्ने बताए। 

आफूले सहज रुपमा जित्ने प्रतिस्पर्धीको दाबी 

मेयर पदका तीनै जना प्रतिस्पर्धीहरुले आफूले सहज रुपमा जित हात पार्ने दाबी गरेका छन्। 

यसअघि नेकपा एमालेले जितेको नगरक्षेत्रमा उक्त जितलाई कायम राख्ने दाबी उक्त पार्टीको छ। एमालेका उम्मेदवार बालकृष्ण देउजाले नगरमा विगतमा पनि जित हात पारेको र एमालेको अवस्था राम्रो रहेकाले यसपटक आफू विजयी हुने दाबी गरे। 

उनका अनुसार एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र राप्रपाको गठबन्धनसँग हुनेछ। विगतको मतको अवस्थालाई हेर्दा पनि आफू सहज अवस्थामा रहेको उनको भनाइ छ। 

उता कांग्रेसका उम्मेदवार आइतमान तामाङले गत निर्वाचनमा आफू पराजित भएको  भएपनि अहिले राप्रपासँग तालमेल भएको र जनतालाई आफ्नो अजेण्डा बुझाउन सकेकाले जित निश्चित रहेको बताए। उनले मुख्य प्रतिस्पर्धा एमालेसँगै भए पनि एकीकृत समाजवादीको गठबन्धनलाई पनि प्रतिस्पर्धीको रुपमा लिएको उनले बताए। 

त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार नानीराम चौलागाईले नगरमा विगतमा राम्रो काम हुन नसकेकाले यस पटक नयाँ अनुहारलाई जनताले मौका दिने तर्क गरे। एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको तालमेलका कारण यसपटक आफूहरुले जित्ने उनको दाबी छ। विगतमा आफूले राजनीतिक रुमपा मेलम्ची नगरमा धेरै समाजसेवाका काम गरेकाले एमाले र कांग्रेसका उम्मेदवारको तुलनामा आफूलाई मतदाताले विश्वास गर्ने वाचा मत माग्ने क्रममा गरेको उनले बताए। 

गत निर्वाचनको गणित

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा एक्ला एक्लै निर्वाचन लडेका थिए। अहिले एमाले एक्लै र अन्य चार दल दुईवटा समूह बनाएर मैदानमा उत्रिएका छन्। 

१३ वडा रहेको मेलम्ची नगरपालिकामा गत निर्वाचनमा ३१ हजार ९ सय ९७ मध्ये कूल मत मध्ये २५ हजार ८ सय १० मत खसेको थियो। जसमा १ हजार भन्दा बढीको मत अन्तरले एमाले उम्मेदवार डम्बर अर्याल बिजयी भएका थिए। 

एमाले उम्मेदवार अर्यालले गत निर्वाचनमा ८ हजार ६७८ मत पाएका थिए भने कांग्रेसका उम्मेदवार आइतमान तमाङले ७ हजार ३३ मत ल्याएका थिए। माओवादी केन्द्रका श्याम खड्काले ४ हजार ८ सय २० मत पाएका थिए। राप्रपाका फणिन्द्र दाहालले ३ हजार ७ सय २७ मत पाएका थिए। 

 पाँच वर्षको अवधीमा धेरै परिर्वतन भएकाले अहिले यो नतिजामा भर पर्न नसकिने दाबी नेपाली कांग्रेस र माओवादी गठबन्धनले गर्ने गरेका छन् भने एमालेले उक्त मतदाता कायमै नै रहेको र त्यसमा थप हुने दाबी गर्दै आएको छ। 

७ हजार नयाँ मतदाता 

मेलम्ची नगरपालिकामा यस वर्ष ७ हजार  २ सय ८ जना मतदाता थपिएका छन्। अहिले कुल ३९ हजार २ सय ५ मतदाता रहेका छन्। जसमा पुरुष २० हजार २ सय ७६ महिला १८ हजार ९ सय २९ रहेको छ। थपिएका मतदाता आर्कषण गर्नेमा अहिले राजनीतिक दलहरुले अजेण्डा बनाएर प्रचार थालेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्