• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

ब्याटिङमा देखिएको कमजोरीलाई ढाकछोप गरिरहेका पुबुदु र सन्दीप

64x64
दीप सुवेदी आइतबार, वैशाख २५, २०७९  ०९:१३
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक डेभ वाट्मोरले ठीकै भनेका हुन्– नेपालको बलिङ बलियो छ। ब्याटिङमा धेरै सुधार गर्न बाँकी नै छ। त्यसको लागि अभ्यास खेलमार्फत् ब्याटरलाई धेरै मौका दिनुपर्छ।

हाल नेपाली क्रिकेट उनले भनेकै कुरा पछ्याइरहेको छ। अर्थात् नेपाली टोलीले पर्याप्त अभ्यास खेल खेलिरहेको छ। तर, ब्याटिङमा सुधारको लक्ष्य भने ठीक ३६० डिग्रीमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टेस्ट राष्ट्र जिम्बावे ‘ए’ विरुद्धको दुई एकदिवसीय खेल भइसक्दा पनि नेपाली खेलाडीबाट सुधारिएको ब्याटिङ प्रस्तुत हुन सकेको छैन।

शुक्रबार भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले जिम्बावेविरुद्ध बलियो लक्ष्य राख्न सकेन। १३६ रनमा अलआउट भएको नेपालका कोही पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। 

नेपालले नियमित अन्तरमा विकेट गुमाइरह्यो। ७ ब्याटर त एकल अंक स्कोरमै सीमित रहे। जसोजसो उक्त खेलमा नेपालले जिम्बावेलाई बलिङबाट दबाब दिइरह्यो। तर, खेल ३ विकेटले गुमायो।

शुक्रबार ब्याटिङमा गरेको गल्तीलाई शनिबार सच्याउने नेपाललाई ठूलो मौका थियो। अभ्यास खेल भएको कारण नेपालले गुमाउनुपर्ने त्यस्तो विषेश चिज केही थिएन। यस खेल नै नेपालको ब्याटिङ सुधारको लागि थियो। 

शुक्रबारको खेलमा टस हारेपछि जिम्बावेले नेपाललाई ब्याटिङको मौका नै दिएको थियो। शनिबार पनि कप्तान सन्दीप लामिछानेले नै टस जिते। क्रिकेटमा टस जित्नुको मतलब हो, बलिङ या ब्याटिङमध्ये एक रोज्न पाउनु। अभ्यास खेल भएको कारण टस जितेपछि सन्दीपले लक्ष्य अनुसार ब्याटिङ रोज्नु पर्ने हो। तर, उनी शुक्रबार ब्याटिङमा देखिएको समस्यालाई ढाकछोप गर्न लागे। उनले पहिला बलिङ गर्ने निर्णय गरे।

दोस्रो खेलमा बलिङ बलियो नै देखियो। पहिलो बलमै पहिलो विकेट लिएको नेपालले जिम्बावेलाई ३१.५ ओभरमा ८७ रनमा अलआउट गर्‍यो। जिम्बावेका लागि तल्लोक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए। ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

तीव्र गतिका बलर करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामीले उनलाई बलियो चुनौती दिए। सोमपालले पनि ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यता, सन्दीप पनि नेपालका लागि फाइदाजनक भए। उनले २ विकेट लिए। र, जिम्बावेले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दियो। एकदिवसीय क्रिकेटमा यो कुनै विशाल लक्ष्य थिएन। नेपाली ब्याटरले पनि सहजै पूरा गरे।

प्रारम्भिक ब्याटरद्वय सुनील धमला र आसिफ शेखले ७९ रनको साझेदारी गर्दै जितनजिक पुर्‍याए। सुनील ३८ रन बनाएर आउट भए। आसिफ भने ३४ रनमा नटआउट रहे। नेपाललाई जित ११.२ ओभरमै प्राप्त भयो। 

प्रशिक्षक दासानायकेले जितमा खुशी व्यक्त गर्दै टिमको माथिल्लो क्रमका ब्याटरबाट अझ राम्रो प्रदर्शनको अपेक्षा रहेको बताए।

उनले भने, ‘पहिलो खेलमा हाम्रो प्रदर्शन धेरै हदसम्म खराब रह्यो। तर, म चाहन्थे, टिम धेरै खाले दबाबबाट गुज्रियोस्। पहिलो खेलमा नेपालले केही अझ राम्रो गर्न सकेको भए जित पनि हात लाग्न सक्थ्यो। अबका दिनमा नेपालले धेरै निर्णायक खेल खेल्नु छ र त्यसका लागि हामी टिम अझ मजबुत होस् भन्ने चाहन्छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको कुरा अलि अस्पष्ट थियो। मैदानमा खेलाडी खेल्ने भएपनि उनीहरुलाई मैदान बाहिरबाट खेलाउने जिम्मेवारी प्रशिक्षककै हो। तर, उनको कुरा गराइ र कप्तान सन्दीपले टस जितेर पहिला बलिङ रोज्नुले उनीहरुबीच तालमेल नभएको प्रष्ट देखियो। 

हो, नेपालको ब्याटिङ निक्कै कमजोर छ। पुबुदुले भनेको जस्तै टिम धेरैखाले दबाबबाट गुज्रिनु पर्छ। ब्याटरले धेरै कुरा सिक्नुपर्ने छ। त्यसका लागि यस्ता अभ्यास खेल धेरै नै खेल्नुपर्छ। तर, कप्तान सन्दीप उनको कुरामा सहमत हुन सकेका छैनन्।

नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको भए सबैलाई उचित मौका दिएर ५० ओभर खेल्न सकिन्थो। तर, सन्दीप आफैं मुख्य बलर भएको कारण बलिङमा कुनै दबाब सिर्जना गर्न चाहँदैनन्। त्यसैले पहिला बलिङबाटै विपक्षीलाई दबाब सिर्जना गरेर सहज लक्ष्य राख्न खोज्छन्। 

शुक्रबारको खेलमा पनि उनले पावरप्लेमा ५ ओभर बलिङ गर्दै विपक्षीलाई दबाबमा राख्ने कोशिस गरिरहे। पटकपटक उनी आफैं बलिङमा दोहोरिरहँदा एकदिवसीय क्रिकेटमा भर्खरै प्रवेश गरेका लेग स्पिनर सागर ढकाललाई पहिलो ओभरमै १७ रन खाएपछि कुनै मौका दिएनन्।

प्रशिक्षक पुबुदु मलेसिया–पपुवा न्यूगिनी सिरिजमा युवा र अनुभवी खेलाडीको सही संयोजन परीक्षण गरिरहेको भन्दै थिए। अहिले पनि उनले त्यही कुरा दोहोर्‍याउन छाडेका छैनन्। उनी नयाँ खेलाडीलाई मौका दिने पनि बताउँदै आएका छन्। तर, आदिल अन्सारी र विवेक यादव जस्ता ब्याटिङमा सम्भावना बोकेका नयाँ युवा खेलाडी अझै प्लेइङ ११ मा पर्न संघर्षरत छन्। 

खेलको हारजितको पाटो पनि हुन्छ। त्यो अलग कुरा हो। तर, प्रशिक्षक पुबुदु र कप्तान सन्दीप मिडियाका अगाडि जसरी प्रस्तुत भएपनि ‘ड्रेसिङ रुम’मा हारजितको निक्कै ठूलो अर्थ राख्छन्। उनीहरु मैदान उत्रिनुभन्दा अगाडि स्पष्ट जित नै चाहन्छन्। त्यसैले कुरा गराइ र व्यवहारमा न सन्तुलन मिलेको देख्न पाइन्छ, न त कमजोरी सुधार गर्न चाहेको नै।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्