काठमाडौं- बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो।
त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका थिए। तर, बिहान ४:४८ बजे फेरि पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको थियो।
पहिरो पन्छाएसँगै दुवैतर्फ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।