मस्को- रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।
रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए। यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समायाअनुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो ।
प्राप्त पछिल्लो समाचार अनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले तास समाचार समितिलाई बताए।
गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।