• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

दलदेखि स्वतन्त्र उम्मेदवारसम्मका थरीथरी चुनावी गीत : कुनैमा नारा र आक्षेप, कुनैमा जस लिने बखान

64x64
युवराज भट्टराई शनिबार, वैशाख २४, २०७९  ०६:५६
1140x725

काठमाडौं– केही दिनअघि मात्र नेपाली कांग्रेसले चुनाव प्रचारका लागि ‘माया कांग्रेस म यसै कांग्रेस’ बोलको गीत सार्वजनिक गरेको छ। यो गीतमा मोहन खड्का र लक्ष्मी खड्काको स्वर तथा मोहनकै संगीत र विमल अधिकारीको शब्द छ। गीतमा गरिबी र मजदुरका समस्या समाधान गर्ने आश्वासन छ। गत स्थानीय तहको निर्वाचनपछिको पाँच वर्षमा भएको ‘नतिजा’ भन्दै अन्य पार्टीमाथिको कटाक्ष पनि गीतमा छ।

त्यति मात्र नभइ, गीतमा कांग्रेसको नारा समावेश छ। ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘आयो कांग्रेस’जस्ता नाराहरू गीतभर लगाइएको छ।

स्थानीय तहको चुनावले तताएको देशको राजनीतिक माहोलमा कलाकार पनि मजैले घुसेका छन्। कलाकारहरुको राजनीतिक पार्टीसँगको आबद्धता त खुल्दै गएकै छ, विभिन्न किसिमको सिर्जनामार्फत् पनि सघाइरहेका छन्। 

२०७४ सालकाे निर्वाचनमा पनि विभिन्न दलले चुनावी गीत प्रयोग गरेका थिए। तर, त्यस बेलासम्म यस्ता गीतको संख्या सीमित थियो। एमालेको प्रचारात्मक गीत ‘मै पनि एमाले, सही पनि एमाले’बाहेक अन्य दलका गीतले खासै चर्चा पाउन सकेका थिएनन्।

तर, यसपटक यस्ता गीतको संख्या ह्वात्तै बढेको छ। यस्ता पार्टीगत गीत चर्चामा पनि छन्। पार्टीका मात्र नभइ कतिपय स्वतन्त्र उम्मेदवारले पनि चुनावी गीत बनाएर प्रचारका लागि प्रयोग गरिरहेका छन्।

गीतका रूपमा नारा र भाषण!
ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसदेखि स्थानीय तहमा स्वतन्त्र उम्‍मेदवारी दर्ता गराएकाहरूले पनि गीतलाई प्रचार माध्यम बनाएपछि चुनावी माहोल फरक देखिन थालेको छ। राष्ट्रिय दलका मात्र नभइ रेशमलाल चौधरीको ‘नागरिक उन्मुक्ती पार्टी’देखि काठमाडौंमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहसम्मको समर्थनमा गीतहरु सार्वजनिक भएका छन्। उता भरतपुरमा मेयर पदका लागि उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालका लागि छुट्टै चुनावी गीत बनेको छ।

सिर्जनशीलताको अभाव झल्किने यस्ता धेरै गीतमा चुनावी नारालाई संगीतबद्ध गरिएको छ। कतिपय गीतमा त विपक्षी दलमाथि आक्षेप पनि लगाइएको छ।

एमालेले बनाएका ‘एमाले एमाले’, ‘बालकोटे बा’, ‘एमाले हौ एमाले’जस्ता गीतहरुमा विपक्षी पार्टीमाथि कटाक्ष गरिएको छ। यी गीतमा पार्टीको नारालाई पनि व्यापक प्रयोग गरिएको छ। त्यस्तै, कांग्रेसले बनाएका ‘माया कांग्रेस म यसै कांग्रेस’, ‘छ्याप्पै रुखमा छाप लाउनी’, ‘चारतारे झण्डा फरर’, ‘कांग्रेस नै चाहियो’लगायत गीतमा पनि विपक्षीमाथि आक्षेप छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसलाई चुनाव केन्द्रित प्रचार गर्न सिर्जना गरिएको एउटा गीतमा माया कांग्रेस भएपछि आफू नि कांग्रेस भएको भन्दै प्रचार गरिएको छ। त्यति मात्र नभइ उक्त गीतमा आफ्ना आमा, बाबु, भाइ, भतिजा सबै कांग्रेस भएका कारण आफू पनि कांग्रेस भएको नेपाली समाजको परम्परागत आबद्धतालाई उल्लेख गरिएको छ।

चुनावी गीतमा एमाले अगाडि
एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक आफ्नो पार्टीलाई ‘कलाकारहरुको पार्टी’ भएको बताएका छन्। पछिल्लो पटक अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दा पनि उनले यो भनाइ दोहोर्‍याएका थिए। चुनावी गीत बनाउन पनि एमाले नै अगाडि छ।

नेकपा एमालेको समर्थनमा यसपटक धेरै चुनावी गीतहरु आएका छन्। समग्र पार्टीको पक्षदेखि निश्चित स्थानीय तहमा एमालेलाई विजयी गराउन आह्वान गरिएका गीत पनि बनाइएका छन्। केही साताअघि मात्रै स्थानीय तह निर्वाचन केन्द्रित भएर ‘पाल्पाका बग्नासकाली पार्टी एमाले जिताउँ यसैपालि’ बोलको गीत सार्वजनिक भएको छ। जमुना राना र गणेश न्यौपानेले यो गीत गाएका हुन्।

Xtrem

Xtrem

एमाले निकट रहेका धेरै गायकले चुनावी गीत सिर्जना गरिरहेका छन्। एमाले निकट मानिएका गायक बद्री पंगेनीसँगै रामजी खाँण, पूर्णकला बीसी र सुजन लम्साललगायत नौ जनाले संयुक्त रुपमा गाएको ‘मेरो देशै एमाले, म त यसै एमाले’ गीत पनि यसपटक चर्चामा छ।

पाँच महिनाअघि चितवनमा आयोजित एमाले महाधिवेशनमा ‘हाम्रो नेपालमा राम्रो एमाले’ गीत र पाँच वर्षअघि ‘मै पनि एमाले, सही पनि एमाले’ जस्ता चर्चित गीत निर्माण गरेका बैकुण्ठ महत चुनावको सेरोफेरोमा व्यस्त छन्। उनले तीन सातामा ६ वटा एमाले समर्थित गीत निकालिसकेका छन्।

स्थानीय निर्वाचनमा एमालेलाई नै भोट हाल्न आवश्यक भएको भाव बोकेका ‘एमाले एमाले’, ‘बालकोटे बा’, ‘एमाले हौं एमाले’, ‘सूर्य छोडिन्न’, ‘देशलाई फेरि एमाले चाइया छ’, ‘भोट हालौँ त्यही सूर्य चिन्हमा’, ‘देशैभरि एमाले’लगायत गीतहरु उनले सार्वजनिक गरेका छन्। महतले निर्माण गरेका यी गीतमा एमालेको सरकार ‘धरहराको विकास भएको’देखि ‘लिपुलेक आफ्नो भनेको’सम्मका विषय समेटिएका छन्। 

एकीकृत समाजवादीको गीतमा वामदेवको शब्द
पार्टीगत चुनावी गीत निकाल्नेमा नेकपा एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पनि कम छैन। उक्त पार्टीको गीत एमाले र एकीकृत समाजवादीलाई ‘एकता गराउने’ सपना पालेर बसेका वामदेव गौतमले लेखेका छन्।

गत मंगलबार गौतमको शब्दमा एकीकृत समाजवादी जनसंगठनको भातृसंस्था मुस्लिम इत्तेहाद संगठन नेपालले चुनावी गीत निकालेको हो। ‘जनता जगाउने कलममा छाप लगाउने’ बोलको गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन्। 

गीतमा एकीकृत समाजवादीको घोषणापत्रकै विषयलाई समेटिएको छ। जनतालाई निःशुल्क स्वास्थ्य सेवादेखि शिक्षासम्मका सुविधा दिने विषय समेटिएका छन्। जनमुखी स्थानीय सरकार बनाउने भन्दै गीतमा त्यसका लागि एकीकृत समाजवादी नै विकास र समृद्धिको आधार भएको दाबी गरिएको छ।

चुनाव केन्द्रित रहेर एकीकृत समाजवादीका अन्य गीत पनि सार्वजनिक भएका छन्। दामोदर अर्यालको शब्द र रीता केसी तथा बीपी वाग्लेको स्वरमा ‘आयो आयो आयो, आयो नेकपा (एस)’, संगम भण्डारीको शब्द तथा उनी र शोभा पाण्डेको स्वरमा रहेको ‘जनतालाई लाभैलाभ, समाजवादी पार्टी जिन्दावाद’लगायतका गीत सार्वजनिक भएका छन्। त्यस्तै, मधेश केन्द्रित रहेर पनि एकीकृत समाजवादीको गीत सार्वजनिक भएको छ। ‘ओट मांगे बेटाऊवा तोहर’ बोलको गीतमा प्रदीप यादवको स्वर रहेको छ।

माओवादी सुस्त, रेनुले भने आफैं गरिन् अभिनय
नयाँ जन्मिएका मात्र नभइ देशकै पुराना पार्टीहरूले निर्वाचन केन्द्रित गीतहरु सार्वजनिक गरिरहँदा माओवादी केन्द्रले भने त्यति धेरै महत्त्व दिएको छैन। अन्य दलको तुलनामा माओवादी केन्द्रले यसपटक कम गीतहरु सार्वजनिक गरेको छ। 

गत साता सार्वजनिक भएको ‘व्यवस्था बदल्यौं, अवस्था बदल्न माओवादी केन्द्रलाई भोट’, तीन साताअघि सार्वजनिक भएको ‘आयो आयो माओवादी हेर’, चार साताअघि सार्वजनिक भएको ‘गोलाकारभित्रको हँसिया हथौडामा गरौँ है मतदान’ जस्ता सीमित गीत मात्र छन्। तर, यी गीत पनि खासै चर्चामा छैनन्।

पार्टीगत गीतहरु चर्चामा नआउँदा र निकै कम संख्यामा गाइँदा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले भने आफैं गीतमा अभिनय गरेकी छिन्। उनको समर्थनमा बनाइएको चुनावी गीतमा उनले अभिनय गरेकी हुन्। 

दुई साताअघि रेनुलाई भोट दिन आह्वान गर्दै ‘मेयरमा भोट रेनु दाहाललाई’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतलाई विष्णु खत्री र टीका पुनले गाएका छन् भने शब्द माओवादी निकट पत्रकार संघ प्रेस सेन्टरका सन्तोष देउजाले लेखेका छन्। यो गीतमा ‘चितवनको मुहार फेर्ने रेनु नै भएको’ भन्दै प्रचार गरिएको छ।

रेशमलाल चौधरीदेखि स्वतन्त्रसम्मका चुनावी गीत
चुनावी गीत सार्वजनिक गर्ने माहोलमा ‘कोभन्दा को कम’ भन्ने होडबाजी नै चलेको छ। कतिपय राजनीतिक पार्टीसँग आवद्ध सांस्कृतिक संघ तथा पत्रकार संघले गीत सार्वजनिक गरिरहेका छन् भने कतिपयले स्वःस्फुर्त रूपमा गीत सार्वजनिक गरेका छन्।

रेशमलाल चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी’का लागि पनि गीत सिर्जना गरिएको छ। ‘ढकिया मे भोट’ बोलको छोटो गीतको शब्द चयन र संगीत तथा गायकी निकै राम्रो छ। 

त्यस्तै, काठमाडौं महानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको समर्थनमा पनि गीतहरु बनाइएको छ। उनको समर्थनमा प्रायः । र्‍याप गीत गाइएको छ। गएको मंगलबार गायक शशिले उनको समर्थनमा गीत निकालेका हुन्। त्यस्तै, आयुक्स म्युजिकले पनि बालेन शाहको समर्थनमा केही साताअघि गीत निकालेका छन्। हिपहप गायनमा चर्चित रहेका भ्योमाले पनि गीत गाएका छन्। 

यीबाहेक बालेनको समर्थनमा अन्य थुप्रै गीत सार्वजनिक भएका छन्। हिपहप विधामा संघर्ष गरिरहेका गायकदेखि स्थापित गायकसम्मले उनको समर्थनमा गीत सार्वजनिक गरेका छन्। 

यता कन्काई नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापालाई चुनावमा जिताउन आह्वान गर्दै ‘सबैका हाई हाई, शेरबहादुर दाइ’ बोलको गीत सार्वजनिक गरिएको छ। उनको समर्थनमा गाइएको यो गीत बुधबार सार्वजनिक गरिएको हो। ‘जेब्रा’ चुनाव चिह्न लिएर चुनावमा उठेका उनको समर्थनमा सीएल शर्मा र प्रतिमा केसीले गीत गाएका छन्। उक्त गीतको शब्द जनरञ्जन उप्रेती र रोहित घिमिरेले लेखेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्