• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बसिर अहमद : प्रशिक्षक पुबुदुको ‘प्रयोग’ कि लामो रेसको घोडा?

64x64
दीप सुवेदी शुक्रबार, वैशाख २३, २०७९  ०७:०९
1140x725

काठमाडौं– बसिर अहमतलाई यू–१९ राष्ट्रिय क्रिकेट टोलीका लागि छनोट गर्दा प्रशिक्षक वसन्त शाही ठकुरीलाई प्रभावित पार्ने एउटै कारण थियो– अलराउन्ड प्रदर्शन। लजालु स्वभावका उनले घरेलु प्रतियोगितामा बल र ब्याट दुवैबाट टीमका लागि उत्तिकै योगदान दिन सक्ने खेलाडीको छवि बनाएका थिए।

गत आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टेस्ट राष्ट्र जिम्बावे ‘ए’ सँग भएको तीन टी२० खेलअन्तर्गत पहिलो खेलमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाए। बायाँ हाते अलराउन्डर बसिरले डेब्यु खेलमा नै आफ्नो प्रभाव देखाए।

जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी२० खेलको १४औं ओभरमा बसिरले बलिङमा डेब्यु गरेका थिए। त्यति बेलासम्ममा जिम्बावेले ११ ओभरमा १ विकेट गुमाएर ११६ रन बनाइसकेको थियो। कप्तान सन्दीप लामिछाने, फास्ट बलर सोमपाल कामी र करण केसी महँगो बनिरहेका थिए। जिम्बावेको रन रेट १० भन्दामाथि थियो। यस्तो अवस्थामा जिम्बावेले सहजै २०० रनको स्कोर पार गर्ने अनुमान लगाउन सकिन्थ्यो।

तर, जिम्बावेका अनुभवी ब्याटरको अगाडि बसिर किफायती बलर सावित भए। परिणामस्वरूप जिम्बावे १८२ रनमै रोकियो। उनले आफ्नो पहिलो ओभरमा ८ रन मात्रै दिएका थिए। त्यसपछि १४औं ओभरमा बलिङ गर्न आएका बसिरले विकेट हात पारे। सेट भइसकेका ब्याटर टोनी मुन्योंगालाई उनले अर्धशतकबाट अगाडि बढ्न दिएनन्। १६औं ओभरमा पुनः बलिङमा आउँदा उनले कुडजाई माउन्जेको विकेट हात पारे।

उक्त खेलमा कप्तान सन्दीपले १ विकेट लिन ४ ओभरमा ५० रन खर्चे। तर, डेब्यू खेल खेलिरहेका बसिरले भने महत्त्वपूर्ण २ विकेट लिँदा ३.३ ओभरमा २२ रन मात्र खर्चिए। नेपाल पराजित भएपनि बसिरले अनुभवी खेलाडी झैं परिस्थिति नियन्त्रणमा राखेर आफ्नो क्षमता प्रमाणित गरे। ‘बसिर पहिलो पटक टोलीमा परेको हो। उसले घरेलु प्रतियोगिता राम्रै गरिरहेको थियो। पहिलो खेलमा पनि टिमले दिएको रोललाई उसले न्याय गर्‍यो,’ खेलपछि सन्दीपले भने।

सोमबार भएको जिम्बावेविरुद्धको दोस्रो खेलमा पनि उनी प्लेइङ ११ मै थिए। तर, पाचौं ओभर चलिरहँदा वर्षले खेल बिथोल्यो। खेल रद्द भएका कारण उनी बलिङका लागि उत्रिन पाएनन्। यद्यपि, बुधबार भएको तेस्रो खेलमा उनले आफ्नो लयलाई निरन्तरता दिँदै १८ रन खर्चिएर १ विकेट लिए र १० रन बनाए।

दुई प्रतियोगितापछि सिधै राष्ट्रिय टिममा
राष्ट्रिय टिमबाट मैदानमा पाएको दुई वटा मौकामा नै सम्भावना बोकेको खेलाडीको परिचय दिएका बसिरको राष्ट्रिय टोलीसम्मको यात्रा भने धेरै लामो छैन। पछिल्ला दुई प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनी बन्द प्रशिक्षण हुँदै मैदानमै उत्रिन पाएका हुन्।

पुर्ख्यौली घर कपिलवस्तु भए पनि रुपन्देहीबाट खेलिरहेका बसिरले गत महिना अस्ट्रेलियन स्पीनर सेन वार्नको स्मृतिमा सिद्धार्थ रंगशालामा आयोजना भएको प्रो–क्लब च्याम्पियनसिपमा खेलेका थिए। त्यही प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा उनले राष्ट्रिय टोलीको ढोका खोलेका हुन्। नेपालका लागि यू–१९ टिमबाट एसिया कप खेलिसकेका बसिरले उक्त प्रतियोगितामा रुपन्देही–११ लाई च्याम्पियन बनाउन अलराउन्ड प्रदर्शन गरे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका बसिरले पाँच खेलमा ११९ रन बनाउनुको साथै १० विकेट लिएका थिए। समूह चरणमा मलेसियालाई ६ विकेटले हराउन २ विकेट लिनुको साथै २७ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए। दोस्रो खेलमा पनि उत्तिकै प्रभावशाली खेल प्रदर्शन गरे। विभागीय टोली नेपाल पुलिसलाई हराउन उनले १७ रन बनाउनुका साथै ३ विकेट पनि लिए। दिल्ली पुलिस स्पोर्ट्सविरुद्धको तेस्रो खेलमा २८ रन बनाउनुका साथै १ विकेट लिए।

सेमिफाइनलमा भने उनको बल र ब्याट दुवै उत्तिकै चलाए। त्रिभुवन आर्मी क्लबलाई हराउन उनले ३५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाउनुको साथै २ विकेट लिए। उनी यस खेलमा पनि ‘प्लेयर अफ द’ म्याच चुनिए। 

त्यसपछि बसिर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे। उनी भन्छन, ‘घरेलु प्रतियोगितामा गरेको प्रदर्शन राम्रो थियो। प्रशिक्षकहरुले पनि टोलीमा पर्न सक्ने बताउनुभएको थियो। मैले घरेलु प्रतियोगितामा देखाएको क्षमताले नै राष्ट्रिय टोलीबाट खेल्न पाएको जस्तो लाग्छ।’

कपिलवस्तुबाट आएर बसिरले तीन वर्ष रुपन्देहीबाट क्रिकेट खेले। तर, रुपन्देहीमा धेरै खेलाडी भएकाले उनले टोलीमा स्थान बनाउन सकेनन्। लगातारको प्रयासपछि पनि टोलीमा नपर्दा उनलाई कुनै समय परिवारले क्रिकेटको ‘ह्याङ ओभर’ त्याग्न भनेका थिए। बंगलादेशी अलराउन्डर शकिब अल हसनलाई ‘आइडल’ मान्ने बसिरले परिवारको आग्रह विपरीत क्रिकेटलाई नै करिअर बनाउने लक्ष्य लिइरहे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाल भैरहवामा रहेको तिरुपति स्पोर्ट्स क्लबमा प्रशिक्षण गरिरहेका बसिरको क्रिकेटप्रतिको लगावबाट प्रशिक्षक ठकुरी निक्कै प्रभावित थिए। तर, सम्भावना बोकेको खेलाडी लगातार टोलीमा नपर्दा उनी आफैं चिन्तित हुन्थे। त्यसपछि, उनले बसिरलाई कपिलवस्तुबाटै क्रिकेट खेल्न सल्लाह दिए। ‘रुपन्देहीमा हुँदा कर्णाली प्रिमियर लिग मात्रै खेल्न पाएँ। त्यसपछि प्रशिक्षकले म र अरु साथीलाई कपिलवस्तु नै गएर खेल भन्नुभयो। हामी कपिलवस्तु फर्कियौं,’ उनी भन्छन्। कपिलवस्तु भने रुपन्देहीजस्तो क्रिकेटमा कहलिएको जिल्ला होइन। यहाँ फाट्टफुट्ट मात्र प्रतियोगिता हुन्छन्। बसिरले तिनै प्रतियोगिता खेल्न थाले।

रुपन्देहीमा भएको यू–१९ स्तरको प्रतियोगितामा बसिरको टिमले उपाधि नै जित्यो। त्यसपछि उनलाई प्रदेशको टिममा पर्नका लागि सहज भयो। 
क्यानले आयोजना गरेको प्रधानमन्त्री कप टी२० क्रिकेट प्रतियोगितामा बसिरले ब्याटिङ र बलिङ दुवैमा सन्तोषजनक प्रदर्शन गरे। सो प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्दा उनले चार खेलमा ५१ रन बनाए भने ५ विकेट लिए। 

गत डिसेम्बरमा दुबईमा आयोजना भएको एसिया कपमा भने उनले मध्य प्रदर्शन मात्र गर्न सके। प्रतियोगितमा तीन खेल खेल्दा १०७ रन बनाए। उनले कुवेतविरुद्ध सर्वाधिक ५६ रन बनाए। सो प्रतियोगितामा उनी नेपालका लागि धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका थिए। उनले तीन खेलमा २ विकेट पनि लिए।

राष्ट्रिय टोलीको यात्रा कति लामो?
उमेर समूहमा गरेको प्रदर्शनले नै आफूलाई राष्ट्रिय टोलीमा पार्न सफल भएको उनी बताउँछन्। ‘उमेर समूहदेखि राम्रो प्रदर्शन गर्दै जाँदा एक दिन राष्ट्रिय टोलीमा पर्छु भन्ने थियो। सुरुआती खेलमा प्रशिक्षक र कप्तानले ममाथि भरोसा देखाउनु भयो। त्यसको पूर्ण सदुपयोग गरेँ जस्तो लाग्छ,’ उनी भन्छन्।

जिम्बावे ‘ए’ विरुद्धको तीन टी२० खेलमा बसिरले तुलनात्मक रूपमा सन्तोषजनक प्रदर्शन गरेका छन्। तर, जिम्बावेविरुद्ध खेल्ने तीन एकदिवसीय खेलका लागि भने उनी राष्ट्रिय टोलीमा समेटिएका छैनन्।

क्यानसँग रुष्ट भएर ‘हाइ प्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएसँगै नेपाली राष्ट्रिय टोलीमा प्रशिक्षक पुबुदु दासानायकेको पुनरागमन भएको छ। पुबुदुको पुनरागमनसँगै त्यो बेला सुधार भएको ब्याटिङ पछिल्लो समय अन्तर्राष्ट्रिय भूमीमा पुनः कमजोर भइरहेको आरोप लागेको छ। 

ब्याटिङकै कारण अस्ट्रेलियामा २०२३ मा आयोजना हुने टी२० विश्वकप गुमाएको नेपालका लागि एकदिवसीय मान्यता भने जोगाइराख्ने पुबुदुको योजना छ। त्यसैले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी लागि टिम ‘सेट’ गराउन उनले अहिलेदेखि नै युवाहरुको ‘एक्सपेरिमेन्ट’ गरिरहेका छन्।

प्रशिक्षक पुबुदु अहिले पनि ब्याटिङ सुधारमा केन्द्रित रहेका छन्। त्यसैले बसिर पुबुदुका लागि एक ‘एक्सपेरिमेन्ट’ मात्रै हुन सक्छन्। यस्तो भयो भने उनी टीमबाट बाहिरिनुपर्ने हुनसक्छ। उनले घरेलु मैदानमा गरेको प्रदर्शनले राष्ट्रिय टोलीमा स्थान पाउला या नपाउला अहिल्यै भन्न सकिने अवस्था छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्