काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले १० नेपाली राष्ट्रिय फुटबल खेलाडी र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच बढेको विवादको तथ्य पत्ता लगाउन एक सदस्यीय समिति बनाएको छ।
एन्फाले बुधबार विवादको तथ्य पत्ता लगाउन नेपाली सेनाका पूर्वउपरथी भिक्टर शम्शेर जबराको नेतृत्वमा एक सदस्यीय समिति बनाएको हो। एन्फाले मंगलबार जारी विवादको तथ्यको बारेमा स्पष्ट धारणा सार्वजनिक गर्न तथ्य पहिचान समिति बनाउने निर्णय गरेको थियो।
समितिले एक सातामा विवादको प्रतिवेदन तयार पारी एन्फासमक्ष बुझाउने छ। मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले गत मंगलबार क्याम्प छाडेका थिए।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर निस्किएको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।