• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

नेपालगञ्ज उपमहानगर : गठबन्धनलाई सहज, एमालेलाई चुनौती

64x64
बीपी अनमोल शुक्रबार, वैशाख २३, २०७९  १९:५२
1140x725

काठमाडौं–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिकामा पनि चुनावी माहोल तातेको छ। उम्मेदवारहरू नतिजा आफ्नो पक्षमा पार्नका लागि मतदाताको घरदैलोमा पुगिरहेका छन्।

नेपालगञ्जमा २०७४ को स्थानीय तहको निर्वाचनको विजय यात्रालाई कायम राख्ने चुनौती अहिलेका प्रतिस्पर्धीमा देखिएको छैन। यसअघि राप्रपाबाट धवलशम्शेर राणाले उपमहानगरको प्रमुखमा जित हासिल गरेका थिए। तर, उनी अहिले चुनावी दौडमा छैनन्। त्यसैले पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले चुनावी परिणाम आ–आफ्नो पक्षमा पार्न रणनीति बनाएर अघि बढेका छन्। पाँच दल एक ठाउँमा भएकाले गठबन्धनले आफ्नो सहज जित हुने दाबी गरिरहेको छ। उता एमाले जसरी पनि गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पारेर चुनावी नतिजा हात पार्ने रणनीति अख्तियार गरेर अघि बढेको छ।

नेपालगञ्जको प्रमुख र उपप्रमुखमा कांग्रेस र जसपाले तालमेल गरेका छन्। गठबन्धनबाट प्रमुखका लागि कांग्रेसका प्रशान्त विष्ट चुनावी मैदानमा छन्। उपप्रमुखमा जसपाबाट कमरुद्दीन राई उम्मेदवार बनेका छन्। राईले २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयरमा चुनाव लडेका थिए। उनीहरुलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन्।

यता एमालेले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाएको छ। एमाले नेपालगञ्जमा एक्लै चुनावी प्रतिस्पर्धामा देखिएको छ। राप्रपाबाट नन्दलाल वैश्य मेयरका उम्मेदवार छन्।

एमालेले राप्रपासँग तालमेलका लागि प्रयाससमेत गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवलशम्शेर राणासँग नेपालगञ्जमा भेटवार्ता गरेका थिए। तर, तालमेल हुन सकेन।

एमालेको तर्फबाट मेयरका उम्मेदवार पशुपतिदयाल मिश्र गठबन्धन 'असफल' भइसकेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्। ‘२०७४ सालमा पनि गठबन्धन भएको थियो। तर, त्योभन्दा फरक नतिजा आयो,’ उनी भन्छन्,‘अहिले गठबन्धन भए पनि केही फरक पर्दैन। नेपालगञ्जका जनताले विकास गर्ने पार्टी र विकासप्रेमी मान्छेलाई भोट दिन्छन्।’

नेकपा एमाले नेतृत्वको सरकारले गरेका महत्वपूर्ण विकासका काम र अहिले आएको जनलहरले एमालेको जित सुनिश्चित भएको उनले बताए। हृदयेश त्रिपाठी समूहका मिश्र सूर्य चुनाव चिन्ह लिएर २०७४ सालमा संघीय संसदका लागि बाँके क्षेत्र नं. ३ मा उम्मेदवार भएका थिए। तर, उनी पराजित भए। केही समयअघि मात्रै एमाले अध्यक्ष ओलीले उनलाई एमालेमा भित्र्याएका थिए।

Ncell 2
Ncell 2

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्ट भने नेपालगञ्जमा गठबन्धनको प्रतिस्पर्धा अन्य कुनै पार्टीसँग नहुने बताउँछन्। ‘हामीले मेयर र उपमेयरमा तालमेल गरेका छौं। वडा तहमा हाम्रो मित्रवत प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘एमाले र राप्रपा आउनेजस्तो ठाउँ देखिएमा त्यहाँ हामी गठबन्धनले एकअर्कालाई सहयोग गर्छाैं।’

पाँचदलीय सत्ता गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै भागबन्डा गरेको छ। तर, त्यहाँका २३ वटै वडा तहमा भने पाँचदलीय गठबन्धनमा रहेका दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन्। उनीहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। चुनावी प्रचार प्रसारलाई पनि त्यसै हिसाबले अघि बढाइरहेका छन्। 

एमालेका मेयरका उम्मेदवार मिश्र नेताहरुको गठबन्धनले कुनै समस्या नगर्ने भन्दै आफूहरुले जनताको विश्वास जित्ने दाबी गर्छन्। ‘प्रमुख र उपप्रमुखमा मात्रै मिलेका छन्। अन्यमा एक्लाएक्लै छन्,’ उनले भने, ‘हामीसँग जनताको गठबन्धन छ। एमालेको कामबाट जनता प्रभावित छन्।’

नेपालगञ्जमा गठबन्धन र एमालेबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपामा यसअघिको निर्वाचनमा ‘हेभी वेट’ नेता धवलशम्शेर राणा प्रतिस्पर्धामा भएकाले मात्रै चुनाव जितेको राप्रपाका नेता नै बताउँछन्। ‘राप्रपाको अवस्था राम्रो हुन सक्थ्यो तर, २०७४ सालको तुलनामा अहिले हेभी वेट नेतालाई टिकट नै दिइएन,’ राप्रपाका एक नेताले भने, ‘नेपालगञ्जमा पार्टीभन्दा पनि नगरवासीले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने मान्छे खोज्ने गर्छन्।’

नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा दलका उम्मेदवारले पाएको मतभारलाई हेर्न हो भने एमाले र राप्रपाभन्दा धेरै मतभार गठबन्धन दलसँग देखिन्छ। त्यतिबेला ६२ हजार ३९७ मतदाता रहेको नेपालगञ्जमा अहिले बढेर ८१ हजार ७९४ पुगेको छ। त्यहाँ थपिएका १९ हजार ३९७ मतदाता निर्णायक हुने देखिन्छन्।

यसअघिको निर्वाचनमा ४८ हजार ६६९ मत खसेको थियो। त्यसमध्ये ४१ हजार ८५३ मत सदर भएको थियो भने ६ हजार ८१६ मत बदर भएको थियो। राप्रपाका धबलशम्शेर जबरा १२ हजार ५१५ मत प्राप्त गरेर निर्वाचित भएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका सुरेशकुमार कनोडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमका कमरूद्दीन राईले ५ हजार ४४१ र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरेका थिए। 

२०७४ मा प्राप्त मतलाई आधार मान्ने हो भने अहिले गठबन्धनमा रहेका दलको मतभार धेरै हुने देखिएको छ। २०७४ मा नै तेस्रो भएको एमालेलाई अहिले पाँच दल एकातिर भएर चुनाव लड्दै गर्दा जित निकाल्न कठीन हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्