• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

नेपालगञ्ज उपमहानगर : गठबन्धनलाई सहज, एमालेलाई चुनौती

64x64
बीपी अनमोल शुक्रबार, वैशाख २३, २०७९  १९:५२
1140x725

काठमाडौं–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिकामा पनि चुनावी माहोल तातेको छ। उम्मेदवारहरू नतिजा आफ्नो पक्षमा पार्नका लागि मतदाताको घरदैलोमा पुगिरहेका छन्।

नेपालगञ्जमा २०७४ को स्थानीय तहको निर्वाचनको विजय यात्रालाई कायम राख्ने चुनौती अहिलेका प्रतिस्पर्धीमा देखिएको छैन। यसअघि राप्रपाबाट धवलशम्शेर राणाले उपमहानगरको प्रमुखमा जित हासिल गरेका थिए। तर, उनी अहिले चुनावी दौडमा छैनन्। त्यसैले पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले चुनावी परिणाम आ–आफ्नो पक्षमा पार्न रणनीति बनाएर अघि बढेका छन्। पाँच दल एक ठाउँमा भएकाले गठबन्धनले आफ्नो सहज जित हुने दाबी गरिरहेको छ। उता एमाले जसरी पनि गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पारेर चुनावी नतिजा हात पार्ने रणनीति अख्तियार गरेर अघि बढेको छ।

नेपालगञ्जको प्रमुख र उपप्रमुखमा कांग्रेस र जसपाले तालमेल गरेका छन्। गठबन्धनबाट प्रमुखका लागि कांग्रेसका प्रशान्त विष्ट चुनावी मैदानमा छन्। उपप्रमुखमा जसपाबाट कमरुद्दीन राई उम्मेदवार बनेका छन्। राईले २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयरमा चुनाव लडेका थिए। उनीहरुलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन्।

यता एमालेले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाएको छ। एमाले नेपालगञ्जमा एक्लै चुनावी प्रतिस्पर्धामा देखिएको छ। राप्रपाबाट नन्दलाल वैश्य मेयरका उम्मेदवार छन्।

एमालेले राप्रपासँग तालमेलका लागि प्रयाससमेत गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवलशम्शेर राणासँग नेपालगञ्जमा भेटवार्ता गरेका थिए। तर, तालमेल हुन सकेन।

एमालेको तर्फबाट मेयरका उम्मेदवार पशुपतिदयाल मिश्र गठबन्धन 'असफल' भइसकेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्। ‘२०७४ सालमा पनि गठबन्धन भएको थियो। तर, त्योभन्दा फरक नतिजा आयो,’ उनी भन्छन्,‘अहिले गठबन्धन भए पनि केही फरक पर्दैन। नेपालगञ्जका जनताले विकास गर्ने पार्टी र विकासप्रेमी मान्छेलाई भोट दिन्छन्।’

नेकपा एमाले नेतृत्वको सरकारले गरेका महत्वपूर्ण विकासका काम र अहिले आएको जनलहरले एमालेको जित सुनिश्चित भएको उनले बताए। हृदयेश त्रिपाठी समूहका मिश्र सूर्य चुनाव चिन्ह लिएर २०७४ सालमा संघीय संसदका लागि बाँके क्षेत्र नं. ३ मा उम्मेदवार भएका थिए। तर, उनी पराजित भए। केही समयअघि मात्रै एमाले अध्यक्ष ओलीले उनलाई एमालेमा भित्र्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्ट भने नेपालगञ्जमा गठबन्धनको प्रतिस्पर्धा अन्य कुनै पार्टीसँग नहुने बताउँछन्। ‘हामीले मेयर र उपमेयरमा तालमेल गरेका छौं। वडा तहमा हाम्रो मित्रवत प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘एमाले र राप्रपा आउनेजस्तो ठाउँ देखिएमा त्यहाँ हामी गठबन्धनले एकअर्कालाई सहयोग गर्छाैं।’

पाँचदलीय सत्ता गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै भागबन्डा गरेको छ। तर, त्यहाँका २३ वटै वडा तहमा भने पाँचदलीय गठबन्धनमा रहेका दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन्। उनीहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। चुनावी प्रचार प्रसारलाई पनि त्यसै हिसाबले अघि बढाइरहेका छन्। 

एमालेका मेयरका उम्मेदवार मिश्र नेताहरुको गठबन्धनले कुनै समस्या नगर्ने भन्दै आफूहरुले जनताको विश्वास जित्ने दाबी गर्छन्। ‘प्रमुख र उपप्रमुखमा मात्रै मिलेका छन्। अन्यमा एक्लाएक्लै छन्,’ उनले भने, ‘हामीसँग जनताको गठबन्धन छ। एमालेको कामबाट जनता प्रभावित छन्।’

नेपालगञ्जमा गठबन्धन र एमालेबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपामा यसअघिको निर्वाचनमा ‘हेभी वेट’ नेता धवलशम्शेर राणा प्रतिस्पर्धामा भएकाले मात्रै चुनाव जितेको राप्रपाका नेता नै बताउँछन्। ‘राप्रपाको अवस्था राम्रो हुन सक्थ्यो तर, २०७४ सालको तुलनामा अहिले हेभी वेट नेतालाई टिकट नै दिइएन,’ राप्रपाका एक नेताले भने, ‘नेपालगञ्जमा पार्टीभन्दा पनि नगरवासीले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने मान्छे खोज्ने गर्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा दलका उम्मेदवारले पाएको मतभारलाई हेर्न हो भने एमाले र राप्रपाभन्दा धेरै मतभार गठबन्धन दलसँग देखिन्छ। त्यतिबेला ६२ हजार ३९७ मतदाता रहेको नेपालगञ्जमा अहिले बढेर ८१ हजार ७९४ पुगेको छ। त्यहाँ थपिएका १९ हजार ३९७ मतदाता निर्णायक हुने देखिन्छन्।

यसअघिको निर्वाचनमा ४८ हजार ६६९ मत खसेको थियो। त्यसमध्ये ४१ हजार ८५३ मत सदर भएको थियो भने ६ हजार ८१६ मत बदर भएको थियो। राप्रपाका धबलशम्शेर जबरा १२ हजार ५१५ मत प्राप्त गरेर निर्वाचित भएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका सुरेशकुमार कनोडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमका कमरूद्दीन राईले ५ हजार ४४१ र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरेका थिए। 

२०७४ मा प्राप्त मतलाई आधार मान्ने हो भने अहिले गठबन्धनमा रहेका दलको मतभार धेरै हुने देखिएको छ। २०७४ मा नै तेस्रो भएको एमालेलाई अहिले पाँच दल एकातिर भएर चुनाव लड्दै गर्दा जित निकाल्न कठीन हुने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्