काठमाडौं– नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ।
एमाले जनसङ्गठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए।
स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित लामिछानेले जानकारी दिए।
यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।