काठमाडौं– नेपाली कांग्रेसको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ उपसभापति संयोजकमा धनराज गुरुङ चयन भएका छन्। पार्टी सभापति देउवाले शनिबार गुरुङलाई उपसमितिको संयोजक चयन गरेका हुन्।
कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार सभापति देउवाले शनिबार उपसमिति गठन गरेका हुन्।
उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुली रहेका छन्।
उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।