काठमाडौं– पोखरा महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले चुनाव चिह्नको रुपमा लौरो पाएका छन्। शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराकोले बाँडेको चुनाव चिह्नमा पौडेलको भागमा लौरो परेको हो।
चुनाव चिह्न पाएपछि पौडेलले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै 'लौरो' कमजोरहरुका लागि सहारा र भ्रष्टलाई दण्ड हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कमजोरलाई सहारा, भ्रष्टलाई दण्ड। चुनाव चिह्न लौरो।’
निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।