• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ३०, २०८२ Sun, Nov 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
इतिहासमा स्थानीय निर्वाचन-२

जनकमानको संस्मरण : काठमाडौंमा प्रजापरिषद्लाई हराउन कम्युनिस्ट-कांग्रेस गठबन्धन बनाएँ

जनकमान श्रेष्ठ आइतबार, वैशाख १८, २०७९  ०७:०२
1140x725

२०१० साल भाद्र १८ गते बिहीबारका दिन काठमाडौं नगरपालिकाको आम चुनाव हुने श्री ५ को सरकारबाट घोषणा भयो। त्यसबेला अहिलेको वडा १२ र २१ एउटै भई वडा नं. २ नामकरण भएको थियो। त्यसको लागा ज्याःबहाल टोल, लगन टोल, ब्रम्ह टोल र इनाखा टोलसमेत पर्दथ्यो। ती प्रत्येक टोलमा आ–आफ्नै टोल सुरक्षा समिति थियो। त्यसबेलाको मेरो वडामा चार वटा टोल सुरक्षा समिति भएकोले लगन टोल सुरक्षा समितिबाहेक ज्याःबहाल, ब्रह्म टोल र इनाखा टोल संघबाट मैले उम्मेदवारी सिफारिस पाएको थिएँ। म नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पनि उम्मेदवार थिएँ। मेरो विरोधमा उठ्ने नेपाली कांग्रेसको उम्मेदवारले ५०० मत पाएको थियो र प्रजापार्टीको उम्मेदवारले ३० भोट पाएको थियो। मैले २५०० भन्दा बढी मत पाई विजय भएको थिएँ।

कानपा ऐन २००८ अनुसार कानपाको वडा १८ वटा कायम गरिएको थियो। सो वडाहरूबाट चुनिएर आएका १८ जना सदस्यहरूले कानपा सभापति र उपसभापति चुन्ने व्यवस्था गरिएको थियो। १८ जना नै चुनिएर आएपछि सभापति र उपसभापतिको चुनावको मेलो आयो। सर्वप्रथम सभापतिको चुनाव मेजिष्ट्रेटबाट हुने भएकाले राजनीतिक पार्टीबाट सभापति पदको लागि ताबेदारी लिने तरखर सुरु भयो।

१८ वटा वडाको चुनावको परिणाममा ६ सिट नेपाल कम्युनिष्ट पार्टीले, ५ सिट प्रजापरिषद्ले, ३ सिट नेपाली कांग्रेस र १ सिट गोर्खा परिषद्ले पाएको थियो भने बाँकी ३ सिट स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए।

स्व. जनकमान श्रेष्ठ

सर्वप्रथम प्रजापरिषद्को तर्फबाट कुरा उठाइयो कि– ‘यो कानपाको चुनाव २००७ सालको प्रजातन्त्रबाट प्राप्त सबैभन्दा पहिलो चुनाव भएकाले हामी निर्वाचित सदस्यहरू सबै मिलेर एक ढिक्का भई बिनानिर्वाचन एउटै व्यक्ति सल्लाहबाट छानेर निर्विरोध सभापति बनाएर देखाउन सके मात्र दुनियाले पनि हामीलाई पत्याउँछ। क्षमतावान योग्य व्यक्तिलाई नै हामीले सहमति जनाउनुपर्छ।’

‘अब पुष्करनाथ (उप्रती) ले ९१ सालदेखि १० वर्ष जेल भोगेर आएको भनुँ भने पीएन राणा, अमीरबहादुर राजभण्डारी पनि बेला बखत र पटकपटक जेल भोगेर आएका व्यक्ति छन्। साधना दिदीले पनि महिलाको तर्फबाट अगम्य साहस देखाई राणाकै पालामा जुलुस हाँकी, बन्दी जीवन बिताइ आएकी छिन्। कसैको योगदान कसैको भन्दा कम छैन जस्तो लाग्छ,’ भनी मैले भनेँ। अरुको पनि सल्लाह सुनौँ भनी छलफल हुँदाहुँदै २–३ घन्टा बित्यो र त्यो दिन निष्कर्षमा पुग्न सकिएन। पार्टीबाट थुनिएर आएका व्यक्तिले आ–आफ्ना पार्टीभित्र सल्लाह गर्ने र स्वतन्त्र व्यक्तिहरूले पनि केही दिन आपसमा छलफल गरी आउने र ४–५ दिनपछि निर्वाचित सदस्य सूर्यबहादुर भारद्वाजको घरमा बैठक बस्ने निधो भयो।

उक्त कथित बैठकको भोलिपल्टै बिहान सबेरै ६ बजे नै नक्सालबाट निर्वाचित माहिला बाजे भन्ने घनानाथ उपाध्याय र बागबजारबाट निर्वाचित मुखिया दाइ भन्ने शेरबहादुर श्रेष्ठ मेरो लगन दलाछि टोलको घर पत्ता लगाइ भेट्न आउनुभयो। उहाँहरूले भन्नु भयो, ‘तपाईंले हामीलाई भेटघाट र कुराकानी गर्ने वास्तै गरेको होइन। उता प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद, बीपी कोइरालाबीचमा कुराकानी भइ पुष्करनाथलाई सभापति र शुभशम्शेरलाई उपसभापति बनाउने भनी हामी स्वतन्त्र व्यक्तिलाई समेत बोलाई यो कुराको निधो गरेका छन्। तपाईंहरूको स्थिति के कस्तो छ? तिनीहरूको त्यो निर्णय हामी निर्वाचित स्वतन्त्र व्यक्तिहरू नारायणजंग पाण्डेसमेत ३ जनालाई मान्य छैन। पुष्करनाथ त्यस्तो व्यक्तित्व भएको व्यक्ति पनि होइन। हामीले त तपाईंलाई नै रोजेका छौँ। स्थिति खुलस्त नढाँटिकन भन्नुस्।’

यो पनि पढ्नुहोस्

नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार

उहाँहरू दुवैले खुल्ला हृदयले कुरा गर्न आउनुभएको सम्झेँ र मैले भनेँ, ‘मेरो पार्टीबाट सभापति पदको लागि म आफैैलाई उम्मेदवार हुन तोकिएको छ। हाम्रो पार्टीबाट ६ जना हामी निर्वाचित सदस्य छौँ, तपाईं स्वतन्त्र व्यक्तिहरू ३ जनाले साथ दिँदा ९ भोट हुन्छ। जम्मा सिट १८ मा ९ भए पछि बराबर हुँदा कानुन बमोजिम मेजिष्ट्रेटले गोला हाल्छ। नतिजामा भाग्योदय चिठ्ठा जस्तै हुनसक्छ। बीपीले कम्युनिष्ट पार्टीलाई कहिल्यै समर्थन गर्दैनन्, त्यो मलाई थाहा छ। कांग्रेस निर्वाचित प्रयागराज सुवालमार्फत गणेशमानजीलाई हात लिन सके सफल हुँदा, तपार्ईंहरूमध्ये कसैले पनि उपसभापति पदलाई आशा नगर्नुस्।’ मनमोहन दाइ मेरै घरमा बसिरहनुभएकाले उहाँलाई ती कुराहरू सुनाएँ। उहाँले सहमति जनाउनुभयो र आवश्यक परे म आफैं गणेशमान र बीपीलाई भेटुँला भनी भन्नुभयो।

सोही बिहान ९ बजे ओमबहाल टोलमा प्रयागराज सुवालको घर पुगेँ। उहाँसँग मेरो भेट भयो। मैले ती स्वतन्त्र व्यक्तिहरूबाट भएको कुरा सबै प्रयागजीलाई सुनाएँ र भनेँ, ‘२००७ सालको सशस्त्र क्रान्ति गरेर आएको पार्टीले उपसभापति पदसम्म नखोजी गोर्खा परिषद्को व्यक्तिलाई निर्वाचित गर्न खोज्नु लज्जास्पद कुरा हो, विचार गर्नुस्। कांग्रेस पार्टीबाट तपाईंहरूको ३ भोट पाएँ भने म निश्चिन्त रूपले सभापति हुन्छु। त्यसको १५ दिनमा उपसभापतिको चुनाव गराई तपाईंलाई चुन्ने निश्चित भयो। यो कुरा मिलाउन सिधा गणेशमान दाइ कहाँ जाऔँ र उहाँले मात्र बीपीलाई सम्झाउन सक्नुहोला।’

Ncell 2
Ncell 2

प्रयागराजलाई मेरो कुरा निको लाग्यो। ‘तपाईं यही कोठामा बसिरहनुस् र म आफैं गणेशमान दाइ कहाँ गइ कुरा मिलाइ आउँला,’ भनी प्रयागराज जानुभयो। बिहान साढे सात बजेदेखि प्रयागराजको कोठामा पर्खँदा दिनको १२ बज्यो। केही खबर आएन। २ बज्यो, खबर केही छैन, मेरो मनमा कुरा खैल्दै थियो। बेर भएकाले अवश्य पनि कांग्रेस पार्टीका मूल नेताहरूको बीच अनावश्यक छलफल भइरहेको होला भन्ने मनमा लाग्यो। ठीक दिनको ३ बजे प्रयागराज टुप्लुक्क आइपुग्नुभयो र भन्नुभयो, ‘तपाईंको कुरा सदर भयो। गणेशमान दाइले कम्युनिष्टहरूलाई सघाउँला, तर उपसभापति पद दिने के ग्यारेन्टी? विचार पु¥याउनु भनी भन्नुभयो,’ भनी सुनाए। मैले तत्काल प्रयागराजजीसित कापी र कलम मागेँ र लेखिदिएँ, ‘प्रयागराजजी, तपाईंको कांग्रेस पार्टीबाट ३ भोट पाइ निश्चित रूपमा म सभापति पदमा आरोहण हुन्छु र त्यसको १५ दिनभित्र उपसभापति पदको चुनाव गराउँछु, सो चुनावमा तपाईंलाई उपसभापति पदमा निश्चित रूपमा जिताउने छु। यदि, तपाईंलाई उपसभापति पदमा चुनिएन भने तत्काल आफूले पाएको सभापति पदबाट राजीनामा गर्नेछु।’ भनी भैले सही जनाइदिएँ। प्रयागराजजी सन्तोष हुनुभयो। म घर फर्किएँ। सोही कुरा आफ्नै कोठामा बसिरहनुभएका मनमोहन दाइलाई सुनाएँ। उहाँ साह्रै खुसी हुनुभइ मलाई अंकमालसमेत गर्नुभयो।

पूर्वनिर्धारित समयअनुसार सभापति पदको सहमति जनाउन सूर्यबहादुर भारद्वाजको कोठामा हामी निर्वाचित सदस्यहरू सबै भेला भयौँ। सोही कुरामा छलफल शुरु भयो। घन्टौँ छलफल भयो तर कुरा अझै टुंगो लागेन। अनि मैले कुरा फोडीदिएँ। ‘पार्टीबाट सभापति पदको लागि मलाई छानेको छ। तपाईंहरूको प्रजाप्ररिषद् पार्टीबाट पुष्कर नाथजीलाई नै सभापतिको उम्मेदवार तोकिएको होला। मोही माग्नु ढुंग्रो लुकाउने किन? उहाँ र मेरैबीचमा यही कोठामा गोप्य चुनाव गरी हेरौँ। हामी दुईमा जसले जित्यो उसैलाई सहमति जनाउने र मजिष्ट्रेटले तोकेको निर्वाचनमा प्रतिश्पर्धा नगरी सहमति जनाई निर्विरोध सभापति बनौँ। तपाईंहरूको मकसद पनि पूरा भयो। लोकमा पनि हाम्रो प्रतिष्ठा रहने भयो।’ भनी प्रस्ताव राखेँ। प्रजापरिषद् लगायत सबैले मञ्जुर गरे। गोप्य मतदान शुरु हुँदा १२ मत मैले पाएँ र पुष्करनाथले केवल ६ मत पाइ पराजित हुनुभयो। तदानुसार माइन्युट बुकमा सबैले हस्ताक्षर ग¥यौँ र त्यो माइन्युट बुक मैले जिम्मा पाएँ। 

सभापतिको चुनावको दिन थियो। तर उक्त लिखित माइन्युट बुकको निर्णयअनुसार भएन। प्रजापरिषद्का उम्मेदवार १९९१ सालको काण्डमा १० वर्ष जेल बसी आएका प्रजापरिषद्का केन्द्रीय सदस्य पुष्करनाथ उप्रेती प्रतिश्पर्धाका लागि उम्मेदवार बनी चुनाव लडे। नगरपालिका भवनको सामुन्ने नयाँ सडकमा नेपाली कांग्रेसको अफिस थियो। र सोही अफिसमा नेता टंकप्रसाद आचार्य जानु भइ नेता विश्वेश्वरप्रसादलाई भेट्दै थिए भने कांग्रेस पार्टीका महामन्त्री धनमान सिंह परियार प्रयागराजको कमिज समाइ उनलाई पार्टी अफिसमा लाँदै थिए। मलाई शंका उत्पन्न हुँदै थियो। मैले प्रयागराजजीलाई हात समाइ सोधेँ, ‘क्या हो?’ 

प्रयागराज दिक्क मानेर जवाफ दिए, ‘म गुहु खाएर काम गर्दिनँ, चुप लागेर बस्नुस्।’ म ढुक्क भएँ। दिउँसो ठीक १२ बज्यो। तोकिएको समयअनुसार चुनाव शुरु भयो। स्वतन्त्र व्यक्ति काँहिला बाजे घनानाथसमेत ३ भोट, कांग्रेस पार्टीको तर्फबाट ३ भोट र आफ्नो नेपाल कम्युनिष्ट पार्टीबाट ६ भोटसमेत जम्मा १२ भोट पाइ मैले विजय प्राप्त गरेँ।

शपथ ग्रहणको लागि एक हप्ताको समय मेजिष्ट्रेट अफिसबाट तोकिएको थियो। तदानुसार हप्ता दिनपछि शपथ ग्रहण गर्नुको साथै कार्यालय पनि बहाल गरेँ । सभापतिको हैसियतले नगरपालिका बोर्डको सभा बोलाएँ र उपसभापति पदको चुनावको तिथि १५ दिनमा गर्ने भनी निर्णय भयो। उपसभापतिको चुनावमा प्रयागराजको प्रतिश्पर्धामा गोर्खा परिषद्का उम्मेदवार शुभशम्शेर भए। चुनावको नतिजामा प्रयागराजले १३ मत प्राप्त गरी जिते भने शुभशम्शेरले केवल पाँच मत पाइ चुनाव हारे। तत्कालै प्रजापरिषद्का कोषाध्यक्ष कका भाइ भन्ने मोहनबहादुर श्रेष्ठले ‘एक भोट मैले नै तपाईंको पक्षमा थपिदिएँ। मलाई अन्यथा नसम्झनुस्’ भनी मलाई भन्नुभयो।

(यो संस्मरण जनकमान श्रेष्ठको पुस्तक ‘हराएको इतिहास’बाट लिएका हौँ। श्रेष्ठको २०७६ मंसिर २७ गते निधन भएको थियो।)

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्