• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
इतिहासमा स्थानीय निर्वाचन-२

जनकमानको संस्मरण : काठमाडौंमा प्रजापरिषद्लाई हराउन कम्युनिस्ट-कांग्रेस गठबन्धन बनाएँ

जनकमान श्रेष्ठ आइतबार, वैशाख १८, २०७९  ०७:०२
1140x725

२०१० साल भाद्र १८ गते बिहीबारका दिन काठमाडौं नगरपालिकाको आम चुनाव हुने श्री ५ को सरकारबाट घोषणा भयो। त्यसबेला अहिलेको वडा १२ र २१ एउटै भई वडा नं. २ नामकरण भएको थियो। त्यसको लागा ज्याःबहाल टोल, लगन टोल, ब्रम्ह टोल र इनाखा टोलसमेत पर्दथ्यो। ती प्रत्येक टोलमा आ–आफ्नै टोल सुरक्षा समिति थियो। त्यसबेलाको मेरो वडामा चार वटा टोल सुरक्षा समिति भएकोले लगन टोल सुरक्षा समितिबाहेक ज्याःबहाल, ब्रह्म टोल र इनाखा टोल संघबाट मैले उम्मेदवारी सिफारिस पाएको थिएँ। म नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पनि उम्मेदवार थिएँ। मेरो विरोधमा उठ्ने नेपाली कांग्रेसको उम्मेदवारले ५०० मत पाएको थियो र प्रजापार्टीको उम्मेदवारले ३० भोट पाएको थियो। मैले २५०० भन्दा बढी मत पाई विजय भएको थिएँ।

कानपा ऐन २००८ अनुसार कानपाको वडा १८ वटा कायम गरिएको थियो। सो वडाहरूबाट चुनिएर आएका १८ जना सदस्यहरूले कानपा सभापति र उपसभापति चुन्ने व्यवस्था गरिएको थियो। १८ जना नै चुनिएर आएपछि सभापति र उपसभापतिको चुनावको मेलो आयो। सर्वप्रथम सभापतिको चुनाव मेजिष्ट्रेटबाट हुने भएकाले राजनीतिक पार्टीबाट सभापति पदको लागि ताबेदारी लिने तरखर सुरु भयो।

१८ वटा वडाको चुनावको परिणाममा ६ सिट नेपाल कम्युनिष्ट पार्टीले, ५ सिट प्रजापरिषद्ले, ३ सिट नेपाली कांग्रेस र १ सिट गोर्खा परिषद्ले पाएको थियो भने बाँकी ३ सिट स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए।

स्व. जनकमान श्रेष्ठ

सर्वप्रथम प्रजापरिषद्को तर्फबाट कुरा उठाइयो कि– ‘यो कानपाको चुनाव २००७ सालको प्रजातन्त्रबाट प्राप्त सबैभन्दा पहिलो चुनाव भएकाले हामी निर्वाचित सदस्यहरू सबै मिलेर एक ढिक्का भई बिनानिर्वाचन एउटै व्यक्ति सल्लाहबाट छानेर निर्विरोध सभापति बनाएर देखाउन सके मात्र दुनियाले पनि हामीलाई पत्याउँछ। क्षमतावान योग्य व्यक्तिलाई नै हामीले सहमति जनाउनुपर्छ।’

‘अब पुष्करनाथ (उप्रती) ले ९१ सालदेखि १० वर्ष जेल भोगेर आएको भनुँ भने पीएन राणा, अमीरबहादुर राजभण्डारी पनि बेला बखत र पटकपटक जेल भोगेर आएका व्यक्ति छन्। साधना दिदीले पनि महिलाको तर्फबाट अगम्य साहस देखाई राणाकै पालामा जुलुस हाँकी, बन्दी जीवन बिताइ आएकी छिन्। कसैको योगदान कसैको भन्दा कम छैन जस्तो लाग्छ,’ भनी मैले भनेँ। अरुको पनि सल्लाह सुनौँ भनी छलफल हुँदाहुँदै २–३ घन्टा बित्यो र त्यो दिन निष्कर्षमा पुग्न सकिएन। पार्टीबाट थुनिएर आएका व्यक्तिले आ–आफ्ना पार्टीभित्र सल्लाह गर्ने र स्वतन्त्र व्यक्तिहरूले पनि केही दिन आपसमा छलफल गरी आउने र ४–५ दिनपछि निर्वाचित सदस्य सूर्यबहादुर भारद्वाजको घरमा बैठक बस्ने निधो भयो।

उक्त कथित बैठकको भोलिपल्टै बिहान सबेरै ६ बजे नै नक्सालबाट निर्वाचित माहिला बाजे भन्ने घनानाथ उपाध्याय र बागबजारबाट निर्वाचित मुखिया दाइ भन्ने शेरबहादुर श्रेष्ठ मेरो लगन दलाछि टोलको घर पत्ता लगाइ भेट्न आउनुभयो। उहाँहरूले भन्नु भयो, ‘तपाईंले हामीलाई भेटघाट र कुराकानी गर्ने वास्तै गरेको होइन। उता प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद, बीपी कोइरालाबीचमा कुराकानी भइ पुष्करनाथलाई सभापति र शुभशम्शेरलाई उपसभापति बनाउने भनी हामी स्वतन्त्र व्यक्तिलाई समेत बोलाई यो कुराको निधो गरेका छन्। तपाईंहरूको स्थिति के कस्तो छ? तिनीहरूको त्यो निर्णय हामी निर्वाचित स्वतन्त्र व्यक्तिहरू नारायणजंग पाण्डेसमेत ३ जनालाई मान्य छैन। पुष्करनाथ त्यस्तो व्यक्तित्व भएको व्यक्ति पनि होइन। हामीले त तपाईंलाई नै रोजेका छौँ। स्थिति खुलस्त नढाँटिकन भन्नुस्।’

यो पनि पढ्नुहोस्

नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार

उहाँहरू दुवैले खुल्ला हृदयले कुरा गर्न आउनुभएको सम्झेँ र मैले भनेँ, ‘मेरो पार्टीबाट सभापति पदको लागि म आफैैलाई उम्मेदवार हुन तोकिएको छ। हाम्रो पार्टीबाट ६ जना हामी निर्वाचित सदस्य छौँ, तपाईं स्वतन्त्र व्यक्तिहरू ३ जनाले साथ दिँदा ९ भोट हुन्छ। जम्मा सिट १८ मा ९ भए पछि बराबर हुँदा कानुन बमोजिम मेजिष्ट्रेटले गोला हाल्छ। नतिजामा भाग्योदय चिठ्ठा जस्तै हुनसक्छ। बीपीले कम्युनिष्ट पार्टीलाई कहिल्यै समर्थन गर्दैनन्, त्यो मलाई थाहा छ। कांग्रेस निर्वाचित प्रयागराज सुवालमार्फत गणेशमानजीलाई हात लिन सके सफल हुँदा, तपार्ईंहरूमध्ये कसैले पनि उपसभापति पदलाई आशा नगर्नुस्।’ मनमोहन दाइ मेरै घरमा बसिरहनुभएकाले उहाँलाई ती कुराहरू सुनाएँ। उहाँले सहमति जनाउनुभयो र आवश्यक परे म आफैं गणेशमान र बीपीलाई भेटुँला भनी भन्नुभयो।

सोही बिहान ९ बजे ओमबहाल टोलमा प्रयागराज सुवालको घर पुगेँ। उहाँसँग मेरो भेट भयो। मैले ती स्वतन्त्र व्यक्तिहरूबाट भएको कुरा सबै प्रयागजीलाई सुनाएँ र भनेँ, ‘२००७ सालको सशस्त्र क्रान्ति गरेर आएको पार्टीले उपसभापति पदसम्म नखोजी गोर्खा परिषद्को व्यक्तिलाई निर्वाचित गर्न खोज्नु लज्जास्पद कुरा हो, विचार गर्नुस्। कांग्रेस पार्टीबाट तपाईंहरूको ३ भोट पाएँ भने म निश्चिन्त रूपले सभापति हुन्छु। त्यसको १५ दिनमा उपसभापतिको चुनाव गराई तपाईंलाई चुन्ने निश्चित भयो। यो कुरा मिलाउन सिधा गणेशमान दाइ कहाँ जाऔँ र उहाँले मात्र बीपीलाई सम्झाउन सक्नुहोला।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रयागराजलाई मेरो कुरा निको लाग्यो। ‘तपाईं यही कोठामा बसिरहनुस् र म आफैं गणेशमान दाइ कहाँ गइ कुरा मिलाइ आउँला,’ भनी प्रयागराज जानुभयो। बिहान साढे सात बजेदेखि प्रयागराजको कोठामा पर्खँदा दिनको १२ बज्यो। केही खबर आएन। २ बज्यो, खबर केही छैन, मेरो मनमा कुरा खैल्दै थियो। बेर भएकाले अवश्य पनि कांग्रेस पार्टीका मूल नेताहरूको बीच अनावश्यक छलफल भइरहेको होला भन्ने मनमा लाग्यो। ठीक दिनको ३ बजे प्रयागराज टुप्लुक्क आइपुग्नुभयो र भन्नुभयो, ‘तपाईंको कुरा सदर भयो। गणेशमान दाइले कम्युनिष्टहरूलाई सघाउँला, तर उपसभापति पद दिने के ग्यारेन्टी? विचार पु¥याउनु भनी भन्नुभयो,’ भनी सुनाए। मैले तत्काल प्रयागराजजीसित कापी र कलम मागेँ र लेखिदिएँ, ‘प्रयागराजजी, तपाईंको कांग्रेस पार्टीबाट ३ भोट पाइ निश्चित रूपमा म सभापति पदमा आरोहण हुन्छु र त्यसको १५ दिनभित्र उपसभापति पदको चुनाव गराउँछु, सो चुनावमा तपाईंलाई उपसभापति पदमा निश्चित रूपमा जिताउने छु। यदि, तपाईंलाई उपसभापति पदमा चुनिएन भने तत्काल आफूले पाएको सभापति पदबाट राजीनामा गर्नेछु।’ भनी भैले सही जनाइदिएँ। प्रयागराजजी सन्तोष हुनुभयो। म घर फर्किएँ। सोही कुरा आफ्नै कोठामा बसिरहनुभएका मनमोहन दाइलाई सुनाएँ। उहाँ साह्रै खुसी हुनुभइ मलाई अंकमालसमेत गर्नुभयो।

पूर्वनिर्धारित समयअनुसार सभापति पदको सहमति जनाउन सूर्यबहादुर भारद्वाजको कोठामा हामी निर्वाचित सदस्यहरू सबै भेला भयौँ। सोही कुरामा छलफल शुरु भयो। घन्टौँ छलफल भयो तर कुरा अझै टुंगो लागेन। अनि मैले कुरा फोडीदिएँ। ‘पार्टीबाट सभापति पदको लागि मलाई छानेको छ। तपाईंहरूको प्रजाप्ररिषद् पार्टीबाट पुष्कर नाथजीलाई नै सभापतिको उम्मेदवार तोकिएको होला। मोही माग्नु ढुंग्रो लुकाउने किन? उहाँ र मेरैबीचमा यही कोठामा गोप्य चुनाव गरी हेरौँ। हामी दुईमा जसले जित्यो उसैलाई सहमति जनाउने र मजिष्ट्रेटले तोकेको निर्वाचनमा प्रतिश्पर्धा नगरी सहमति जनाई निर्विरोध सभापति बनौँ। तपाईंहरूको मकसद पनि पूरा भयो। लोकमा पनि हाम्रो प्रतिष्ठा रहने भयो।’ भनी प्रस्ताव राखेँ। प्रजापरिषद् लगायत सबैले मञ्जुर गरे। गोप्य मतदान शुरु हुँदा १२ मत मैले पाएँ र पुष्करनाथले केवल ६ मत पाइ पराजित हुनुभयो। तदानुसार माइन्युट बुकमा सबैले हस्ताक्षर ग¥यौँ र त्यो माइन्युट बुक मैले जिम्मा पाएँ। 

सभापतिको चुनावको दिन थियो। तर उक्त लिखित माइन्युट बुकको निर्णयअनुसार भएन। प्रजापरिषद्का उम्मेदवार १९९१ सालको काण्डमा १० वर्ष जेल बसी आएका प्रजापरिषद्का केन्द्रीय सदस्य पुष्करनाथ उप्रेती प्रतिश्पर्धाका लागि उम्मेदवार बनी चुनाव लडे। नगरपालिका भवनको सामुन्ने नयाँ सडकमा नेपाली कांग्रेसको अफिस थियो। र सोही अफिसमा नेता टंकप्रसाद आचार्य जानु भइ नेता विश्वेश्वरप्रसादलाई भेट्दै थिए भने कांग्रेस पार्टीका महामन्त्री धनमान सिंह परियार प्रयागराजको कमिज समाइ उनलाई पार्टी अफिसमा लाँदै थिए। मलाई शंका उत्पन्न हुँदै थियो। मैले प्रयागराजजीलाई हात समाइ सोधेँ, ‘क्या हो?’ 

प्रयागराज दिक्क मानेर जवाफ दिए, ‘म गुहु खाएर काम गर्दिनँ, चुप लागेर बस्नुस्।’ म ढुक्क भएँ। दिउँसो ठीक १२ बज्यो। तोकिएको समयअनुसार चुनाव शुरु भयो। स्वतन्त्र व्यक्ति काँहिला बाजे घनानाथसमेत ३ भोट, कांग्रेस पार्टीको तर्फबाट ३ भोट र आफ्नो नेपाल कम्युनिष्ट पार्टीबाट ६ भोटसमेत जम्मा १२ भोट पाइ मैले विजय प्राप्त गरेँ।

Xtrem

Xtrem

शपथ ग्रहणको लागि एक हप्ताको समय मेजिष्ट्रेट अफिसबाट तोकिएको थियो। तदानुसार हप्ता दिनपछि शपथ ग्रहण गर्नुको साथै कार्यालय पनि बहाल गरेँ । सभापतिको हैसियतले नगरपालिका बोर्डको सभा बोलाएँ र उपसभापति पदको चुनावको तिथि १५ दिनमा गर्ने भनी निर्णय भयो। उपसभापतिको चुनावमा प्रयागराजको प्रतिश्पर्धामा गोर्खा परिषद्का उम्मेदवार शुभशम्शेर भए। चुनावको नतिजामा प्रयागराजले १३ मत प्राप्त गरी जिते भने शुभशम्शेरले केवल पाँच मत पाइ चुनाव हारे। तत्कालै प्रजापरिषद्का कोषाध्यक्ष कका भाइ भन्ने मोहनबहादुर श्रेष्ठले ‘एक भोट मैले नै तपाईंको पक्षमा थपिदिएँ। मलाई अन्यथा नसम्झनुस्’ भनी मलाई भन्नुभयो।

(यो संस्मरण जनकमान श्रेष्ठको पुस्तक ‘हराएको इतिहास’बाट लिएका हौँ। श्रेष्ठको २०७६ मंसिर २७ गते निधन भएको थियो।)

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्