काठमाडौं- शनिबार निर्वाचन आयोगले चुनाव चिह्न वितरण गरेको छ। सम्बन्धित जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनाव चिह्न वितरण गरिएको हो।
वैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाका दुई चर्चित स्वतन्त्र उम्मेदवारले एउटै चिह्न पाएका छन्। काठमाडौंका बालेन शाह र पोखराका गनेस पौडेलले लौरो चिह्न पाएका हुन्।
चुनाव चिह्न पाउनासाथ शाह र पौडेलले भ्रष्टहरुतर्फ निशाना सोझ्याएका छन्। दुवैले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
शाहले लेखेका छन्- चुनाव चिन्ह 'लौरो' । बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रस्टाचारीलाई सेकाउन मिल्ने।
त्यस्तै, गनेश पौडेलले लेखेका छन्- कमजोरलाई सहारा! भ्रष्टलाई दण्ड! चुनाव चिह्न 'लौरो'!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।