काठमाडौं–पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले चुनाव चिह्न लौरो पाएका छन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार देशभरकै स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न बाँडिदैछ। यसअन्तर्गत पोखराका लागि स्वतन्त्र उम्मेद्वारी दिएका गनेस पौडेललाई लौरो चुनाव चिह्न प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले उनलाई लौरो चुनाव चिह्नका रुपमा दिइएको बताएको छ।
पौडेलले पोखरामा ‘अटेरी अभियान’ अन्तर्गतबाट मेयर पदका लागि उम्मेदवारी दिउका छन्। उनीसँगै यो अभियानबाट पोखराका विभिन्न वडा तथा अन्य स्थानीय तहमा पनि स्वतन्त्र उम्मेद्वारहरु उठेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।