काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्ताव अघि सारेका छन्।
शनिबार सामाजिक सञ्जालमा उनले बुँदागत रुपमा सात वटा प्रस्ताव सार्वजनिक गरेका हुन्। जसको पहिलो नम्बरमा भनिएको छ- प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाऔं।
उनले हरेक दलले विगतमा जे जस्ता गल्ती/कमजोरी जे गरेका छौं, जनता समक्ष आत्मालोचना गरौँ भनेका छन्। त्यसलाई नदोहोर्याउने संकल्प र प्रतिबद्धता गर्नुपर्ने उनको प्रस्ताव छ।
'स्वस्थ र तथ्यपूर्ण आलोचना गरौँ, आपसलाई गाली नगरौँ। प्रतिस्पर्धी दल र उम्मेदवारलाई दुश्मन नठानी, मित्रवत व्यवहार गरौं अनि निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गरौँ', उनको प्रस्ताव छ।
शर्माले जनतालाई धेरै सपना नदेखाउन भनेका छन्। 'धेरै सपना देखाउने, पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गरौँ। यो पाँच वर्षमा गर्न जरुरी काम र गर्न सक्ने काम सोचौँ, बोलौँ, लेखौ र पूरा गरौँ', उनको प्रस्ताव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।