कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन्।
शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।
उनलाई यो उपमहानगरको मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ। गएको निर्वाचनमा पनि स्वतन्त्र रुपमा उम्मेदवार बनेका उनी दोस्रो बनेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका हुन्।
वडले १४३२४ मत पाएका थिए भने हमालले ११५२७ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।