चितवन- भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेले चुनाव चिह्न भुइँकटहर पाएका छन्। कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सघाउने निर्णयको विरोधमा उनले उम्मेदवारी दिएका हुन्।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार स्वतन्त्र उम्मेदवारलाई चिह्न बाँडिएको हो। जिल्ला निर्वाचन कार्यालयले उनलाई भुइँकटहर दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ।
नेपाली कांग्रेसबाट संविधान सभा सदस्य समेत बनेका उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले केन्द्रबाटै पहल गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन नै पुगेका थिए।
कांग्रेसको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको बताउँदै उनीलगायतकका कांग्रेसका पुराना नेता-कार्यकर्ताले बिरोध गरेका थिए। विरोध स्वरुप उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको रुख जोगाउन आफू बली चढेको प्रतिक्रिया उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।