काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा पार्टीको वडा कार्यालयमा आगजनी भएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालमा आगजनी भएको हो।
राप्रपाले घटनाको घोर भर्त्सना गर्दै घटनाको तत्काल सत्य तथ्य छानविन गरि दोषी पत्ता लगाउन र दोषीमाथि कारबाहीको माग गरेको छ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानार्षण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।