सिन्धुली– दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली कांग्रेसको प्रचार सम्पर्क कार्यालयमा तोडफोड भएको छ। बिहीबार राति प्रचार सम्पर्क कार्यालय र गाडीमा तोडफोड भएको हो।
तोडफोडबाट कार्यालयमा क्षति पुग्नुका साथै गाडी र मोटरसाइकलमा समेत क्षति पुगेको सिन्धुली कांग्रेसका उपसभापति दीपक घिमिरेले बताए।
उनका अनुसार तोडफोड गर्दा कांग्रेसका ७ जना कार्यकर्ता समेत घाइते भएका छन्। कांग्रेसले एमालेले तोडफोड गरेको आरोप लगाएको छ।
तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको बताए पनि उनीहरुको विवरण सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।