काठमाडौं– रौतहटमा सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि चुनावमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेशविरुद्ध आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा पेसी परेको हो।
वैशाख २ गतेदेखि उक्त मुद्दा हेर्दाहेर्दै रहेको छ। शुक्रबार हुने सुनुवाइले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेशको न्यायिक परीक्षण गर्ने छ।
थुनामा पठाउने रौतहट जिल्ला अदालत र उच्च अदालतको आदेश सर्वोच्चले पनि सदर गरेमा आलम थुनामै रहेनेछन्। यदि सर्वोच्चले उक्त निर्णय बदर गरेमा उनी धरौटी वा साधारण तारेखमा रिहा हुन पाउनेछन्।
कर्तब्य ज्यान मुद्दा दायर भएपछि उनी सांसद् पदबाट निलम्वनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।