काठमाडौं– एक महिलासँगको गोप्य तस्बिर उनका श्रीमानलाई पठाउने व्यक्तिमाथि ७० हजार रुपैयाँ धरौटी माग भएको छ।
महिलासँग रिस उठेपछि उनीसँगका गोप्य तस्बिर श्रीमानलाई पठाएको पाइएपछि विद्युतीय कारोबार ऐन कसूरमा मुद्दा चलेका व्यक्तिमाथि धरौटी माग भएको हो।
काठमाडौं महागनगरपालिका–१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरलाई काठमाडौं जिल्ला अदालतले ७० हजार धरौटी माग गरेको हो।
महिलासँगको गोप्य तस्बिर पठाएपछि जिल्ला प्रहरी परिसर काठमााडौंले उनलाई चैत २० गते पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।