फाइल तस्बिर
काठमाडाैं-बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दसहित एक दर्जन खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध 'विद्रोह' गरेका छन्।
मुख्य प्रशिक्षक अल्मुताइरीले चन्दलाई दुर्व्यवहार गरेको भन्दै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठर विमल घर्तीमगरलगायतका खेलाडीहरूले 'विद्रोह' गरेका हुन्।
उनीहरू मंगलबार बेलुका होटलबाट बाहिरिएको बन्द प्रशिक्षणमा सहभागी एक खेलाडीले नेपाल लाइभलाई बताए।
नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको छ।
'एक दर्जनभन्दा बढी खेलाडी होटेलबाट बाहिएका छन्,´ ती खेलाडीले भने, 'उनीहरूले राष्ट्रिय टिमको फेसबुकको ग्रुप पनि लीभ गरेका छन्।´
कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो।
प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने बताउँदै आएका थिए।
छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।