• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सिन्धुलीको चुनावी गणित: एमालेले विरासत जोगाउला कि गठबन्धनले खोस्ला?

64x64
नारायण अधिकारी मंगलबार, वैशाख १३, २०७९  १७:२१
1140x725

काठमाडौं– पाँच वर्षअघि (२०७४ साल)को स्थानीय चुनावको मतपरिणाम हेर्दा सिन्धुलीका स्थानीय तहमा वामपन्थी मत ७० प्रतिशतको हाराहारीमा छ। ९ वटा स्थानीय तहमध्ये प्रमुख तीन दल (नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) ले तीन–तीन वटा स्थानीय तहमा जित हात पारेका थिए। अधिकांश स्थानीय तहमा मुख्य तीन दलका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। 

७० प्रतिशतको हाराहारीमा रहेको वामपन्थी मतमध्ये अहिले वामपन्थी दल माओवादी केन्द्र र कांग्रेसले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन्। एमाले अहिले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। तीन/तीन ठाउँमा जित र बाँकी स्थानीय तहमा प्रतिस्पर्धात्मक मत ल्याएका दलमध्ये कांग्रेस र माओवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएकाले सिन्धुलीमा एमाले अहिले रक्षात्मक अवस्थामा पुगेको छ। 

सदरमुकामको कमलामाई नगरपालिकासहित दुधौली नगरपालिका र फिक्कल गाउँपालिकामा जित हात पारेको एमाले अहिले आफ्नो पुरानो विरासत कायमै राख्न जोडतोडले लागेको छ। सत्ता गठबन्धनका दुई दलले चुनावी गठबन्धन गरेर उम्मेदवारी दिएकाले एमालेलाई सिन्धुलीमा आफ्नो पुरानो विरासत जोगाउन यो पटक हम्मेहम्मे पर्ने देखिन्छ। 

९ वटा स्थानीय तहमा कांग्रेस, माओवादीले जितको तीन/तीन वटा स्थानीय तह आफैंले राख्दै एमालेले जितका तीन वटा स्थानीय तहमा भागबण्डा लगाइएको छ। जसअनुसार एमालेले जितेका कमलामाई र फिक्कल कांग्रेसले राखेको छ भने दुधौली नगरपालिका माओवादीले लिएको छ। बाँकी ६ स्थानीय तहमा कांग्रेस, माओवादीले जितेको र अहिले गठबन्धनमा पनि यसअघि नै जितअनुसार भागबन्डा गरिएकाले ती पालिकामा आफूहरुको जित सुनिश्चित रहेको कांग्रेस र माओवादीका नेताहरुको दाबी छ। अघिल्लो चुनावमा एमालेले जितेको र हाल गठबन्धन दलले भागबण्डा गरेका पालिकामा अबको परिणाम के हुन्छ भन्ने आम चासो छ। 

कमलामाई नगरपालिका : ‘नेट टु नेक’ प्रतिस्पर्धा !
२०७४ को स्थानीय चुनावमा सिन्धुलीमा गठबन्धनबिनै एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए। जसमा कमलामाई नगरपालिकामा एमालेका खड्गबहादुर खत्रीले ११ हजार १ सय ५२ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्रकुमार पोखरेलले ८ हजार ३ सय ८८ मत ल्याएका थिए। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका सावित्रीदेवी पाण्डेले ४ हजार २ सय ५१ मत ल्याएकी थिइन्।

त्यतिबेला पराजित पोखरेल अहिले सिन्धुली कांग्रेसका सभापति छन्। उनले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन्। एमालेबाट महेन्द्रदेव श्रेष्ठले उम्मेदवारी दिएका छन्। माओवादीको प्रभाव कमजोर रहेको कमलामाईमा गठबन्धन भत्काएर पुन: विजयी हुने दाउमा एमाले देखिन्छ। अघिल्लो स्थानीय चुनावको मत परिणाम अनुसार गठबन्धनको मत जोड्दा झिनो मतले मात्रै अघि हुने अवस्था छ। तर, नयाँ मतदाता र गठबन्धनबाट असन्तुष्टहरुका कारण एमालेलाई कमलामा केही सहज हुनसक्ने देखिन्छ। 

यद्यपि एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनेको र समाजवादीले समेत उम्मेदवारी दिएकाले एमालेको भोट काटिने हुँदा गठबन्धनका पोखरेल विजयी हुन सहज हुने आँकलन कांग्रेसको छ। जसकारण सिन्धुलीका अन्य स्थानीय तहमाभन्दा कमलामाईमा गठबन्धन र एमालेबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनबाट उपमेयरको टिकट पाएको माओवादी केन्द्रले भने पूर्ण रुपमा कांग्रेसकै वैशाखीको भर पर्नुपर्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

दुधौली नगरपालिका : पाँच वर्षपछि एमालेसँग बदला लिने दाउ 
गठबन्धनबाट माओवादी केन्द्रले टिकट पाएको यो नगरपालिकामा यसअघि झिनो मतान्तरले पराजित भएका दिनेश अधिकारी (दनुवार) ले उम्मेदवारी दर्ता गराइसकेका छन्। अघिल्लो स्थानीय चुनावमा दुधौलीमा प्रमुख तीन पार्टीबीच तीव्र प्रतिस्पर्धा भएको थियो। 

एमालेबाट घनश्याम राउत ८ हजार ५ सय ९८ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी तथा हालका गठबन्धनका उम्मेदवार दिनेशले  ८ हजार २ सय २३ मत प्राप्त गरेका थिए। जम्माजम्मी ३७५ मतले पराजित भएका दनुवारलाई अघिल्लो स्थानीय चुनावमा ७ हजार ९ सय मत ल्याएको कांग्रेसको साथ छ। कांग्रेस र माओवादीको अघिल्लो चुनावको मत अनुसार एमालेको भन्दा झण्डै दोब्बर बढी मत माओवादीले पाउने दाबी गरेको छ। नयाँ मतदातामध्ये धेरैजसो माओवादी समर्थित नै भएको र त्यसमाथि कांग्रेसको समेत साथ भएकाले जित सुनिश्चित रहेको अधिकारीको भनाइ छ। 

गठबन्धनका अधिकारीलाई चुनौती दिन एमालेले लक्ष्मण कार्कीलाई उम्मेदवार बनाएको छ। निवर्तमान मेयर घनश्याम राउतलाई नै उठाएको भए गठबन्धनलाई केही चुनौती हुनसक्ने आकलन गरिए पनि अन्तिम समयमा कार्कीले टिकट पाएपछि गठबन्धनलाई झनै सहज हुने प्रक्षेपण स्थानीय नेताले गरेका छन्। 

अघिल्लोपटक सिन्धुलीमा कांग्रेसको तर्फबाट प्रदेश सभामा पराजित भएका गंगाप्रसाद गिरीले नेपाली कांग्रेस (वीपी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस (वीपी)को तर्फबाट उम्मेदवारी दर्ता गराए पनि गिरीले आफू नेपाली कांग्रेसकै उम्मेदवार भएको भन्दै भोट माग्न थालेपछि माओवादी ढुक्क भइहाल्ने अवस्थामा देखिँदैन। कांग्रेसको भोट काट्ने उद्देश्यसहित उम्मेदवारी दिएकाले आफ्नो पुरानो विरासत जोगाउन केही हदसम्म सहयोग पुग्ने आकलन गरेको एमालेलाई गिरीको उम्मेदवारी 'किस्तीमा राखेर घरमै उपहार ल्याएजस्तो' भएको छ। 

नकेपा एकीकृत समाजवादीको समेत प्रभाव राम्रो रहेकाले एमालेको भोट काटिने हुँदा कांग्रेसको टेको बिना पनि सहजै चुनाव जित्न सकिने आकलन माओवादीले गरेको छ। माओवादीबाट मेयर उम्मेदवार अधिकारीको अर्को बलियो पक्ष भनेको जातीय भोट हो। दुधौली नगरपालिका दनुवारको बाहुल्य रहेकाले यसको फाइदा अधिकारीले लिन सक्ने देखिन्छ।  जसकारण मेयर उम्मेदवार अधिकारी एमालेसँग ५ वर्ष अगाडि बेहोर्नुपरेको हारको बदला लिने दाउमा छन्। 

फिक्कल गाउँपालिका : जोगिएला सांसद पहाडीको प्रभाव?
प्रतिनिधिसभा सदस्य गणेश पहाडीको गाउँपालिका फिक्कल एमालेको राम्रो प्रभाव छ। अघिल्लो स्थानीय चुनावमा एमालेका धनबहादुर कार्कीले ३ हजार १ सय २६ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर कार्कीले २ हजार ७ सय २७ र माओवादी केन्द्रका खंगबहादुर रजानले १ हजार १ सय ७९ मत पाएका थिए। 

गठबन्धनबाट यो पटक फिक्कलको अध्यक्षमा कांग्रेसले टिकट पाएको छ। कांग्रेसबाट नृपबहादुर भुजेलले उम्मेदवारी दर्ता गराएका छन्। भुजेल स्थानीयमाझ लोकप्रिय मानिन्छन्। सिन्धुलीका ९ स्थानीय तहमध्ये कमलालाई, दुधौली र फिक्कल यसअघि एमालेले जितेको क्षेत्र हो। तर, यसपटक फिक्कल जोगाउन एमालेलाई पहिलेजस्तो सहज भने छैन। एमालेले फिक्कलमा पार्वती सुनुवार र राजु बराललाई अध्यक्ष/उपाध्यक्षमा उठाएको छ। सुनुवार फिक्कल गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत हुन्। 

विगतको मतको रक्षा गर्दै नयाँ मतदाता तान्ने दाउमा एमाले लागेको छ।  गठबन्धनबाट पालिका अध्यक्षको उम्मेदवार उठाएको कांग्रेस भने भोट क्रस नहोस् र मतदाताबाट पनि भोट तान्ने प्रयासमा छ। एमालेको फुटको असर समेत फिक्कलमा पुग्नसक्ने गठबन्धनको आकलन छ। सिन्धुलीमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन भए पनि एमालेको भोट नेकपा एसले काट्ने भएकाले सहजै चुनाव जित्ने लक्ष्य गठबन्धनको देखिन्छ। यद्यपि सांसद पहाडीको पालिका भएकाले सहजै जित्ने अवस्था गठबन्धनलाई छैन।

बाँकी ६ पालिकाको अवस्था
बाँकी रहेका ६ पालिकामध्ये हरिहरपुरगढी, मरिण र सुनकोशी यसअघि पनि माओवादी केन्द्रले जितेकाले अहिलेको गठबन्धनमा पनि माओवादी केन्द्रले नै पाएको छ। गोलन्जोर, तीनपाटन र घ्याङलेक यसअघि पनि कांग्रेसले जितेकाले अहिले यी पालिका कांग्रेस नै राखेर उम्मेवारी दिएको छ। माओवादीबाट प्रमुख/अध्यक्ष पाएको ठाउँमा कांग्रेसले उपप्रमुख/उपाध्यक्ष र कांग्रेसको प्रमुख/अध्यक्ष पाएको ठाउँमा माओवादीले उपप्रमुख/उपाध्यक्षमा उम्मेदवारी दिएको छ। 

एक्लै चुनाव लड्दा यसअघि पनि कांग्रेसले गोलन्जोरमा ३ हजार ३ सय ७६ मतसहित जित हासिले गरेको थियो। यसपटक माओवादीको समेत साथ पाएकाले राम्रो मतसहित जित हासिल गर्नेमा कांग्रेस ठुक्कजस्तै छ। अघिल्लो चुनावमा गोलन्जोरको प्रमुखमा एमालले २ हजार ५ सय ८४ मत पाएको थियो भने माओवादीले २ हजार १ सय ११ मत पाएको थियो। 

२०७४ को चुनावमा 'क्लीन स्वीप' गरेको मरिण गाउँपालिकामा यसपटक कांग्रेसको समेत साथ पाएकाले माओवादी केन्द्र पुन: इतिहास दोहोर्‍याउने दाउमा छ। यद्यपि मरिण गाउँपालिकी निर्वतमान उपाध्यक्ष संगिता माझी गठबन्धनसँग असन्तुष्ट भइ एमाले प्रवेश गरी पुन: उपाध्क्षको उम्मेदवार बनेकाले एमालले केही राहत महसुस गरेको छ। 

३ हजार ४ सय ३३ मतसहित सुनकोशी गाउँपालिकाको अध्यक्ष जितेको माओवादीले यसपटक त्यति नै हाराहारी मत (३ हजार २१२ ल्याएको) कांग्रेसको साथ पाएको छ। अघिल्लो चुनावमा एमाले यो गाउँपालिकामा तेस्रो भएको थियो। एमालले २ हजार ६ सय २३ मत पाएको थियो। माओवादी केन्द्रका सिन्धुली जिल्ला इञ्चार्ज राजन दाहालकी श्रीमती दीवा बोहरा (दाहाल) ले अध्यक्षको टिकट पाएकी छिन्। उनी सुनकोशी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन्।

तीनपाटन अघिल्लो चुनावमा कांग्रेसले जितेकाले गठबन्धनबाट पुन: कांग्रेसले नै अध्यक्षको टिकट पाएको छ। तीनपाटनमा भने गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुनसक्ने आकलन गरिएको छ। यसअघि कांग्रेसका कर्णबहादुर मगर ५ हजार ७०१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका छत्रबहादुर दाहालले ५ हजार ६ सय ८२ मत ल्याएका थिए। अघिल्लो पटकको बदला लिने दाउमा रहेको एमालेलाई गठबन्धन तगारो हुनसक्ने देखिन्छ। तीनपाटनमा अघिल्लो पटक माओवादीले २ हजार ८ सय ८६ मत ल्याएको थियो। 

१ हजारको मतान्तरले हरिहरपुरगढी गाउँपालिकाको प्रमुख जितेको माओवादीलाई यसपटक पनि सहज हुने देखिएको छ। अघिल्लो चुनावमा माओवादी ३ हजार ९ सय ३४ मत ल्याएर विजयी भएको थियो। एमालेले २ हजार ९ सय ५४ र कांग्रेसले २ हजार ४ सय ६ मत ल्याएको थियो।

अघिल्लो स्थानीय तहको मत परिणामअनुसार घ्याङलेकमा एमालेको उपस्थिती कमजोर छ। एमालले जम्माजम्मी ६ सय ८३ मत प्राप्त गर्दा २ हजार ४ सय २४ मत ल्याएर कांग्रेसले गाउँपालिका प्रमुख जितेको थियो। त्यसमाथि दोस्रो स्थानको माओवादीको समेत साथ कांग्रेसले पाएकाले घ्याङलेकमा पुन: कांग्रेसले आफ्नो विरासत जोगाउने देखिन्छ। माओवादी केन्द्रले अघिल्लो चुनावमा १ हजार ९५५ मत ल्याएको थियो। 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्