• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

लागुऔषधको शहरबाट क्रिकेटमा उदाएका पोलार्ड अर्थात् ‘पावर हिटर’

64x64
दीप सुवेदी शनिबार, वैशाख १०, २०७९  ०९:०७
1140x725

वेस्ट इन्डिजको एकदिवसीय र टी२० टोलीका कप्तान। झन्डै ६०० टी२० खेल्ने विश्वको एक मात्र खेलाडी। टिमलाई चाहिएको बेला बल र ब्याट दुवै चलाउन सक्ने खुबी। ती किरन पोलार्ड नै हुन्। २२२ पटक वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका क्रिकेटर पोलार्ड अब मैदानमा देखिने छैनन्।

वेस्ट इन्डिजका ३५ वर्षीय अलराउन्डर पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन्। आगामी पुस्ताको लागि बाटो खोल्दै आफ्नो १५ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य गरेको उनको भनाइ छ।

उनी फ्रेन्चाइजी क्रिकेटमा सर्वाधिक खोजी हुनेमध्येका क्रिकेटर थिए। क्रिकेटबाटै उनले नाम र दाम कमाए। तर, यहाँसम्म आइपुग्न उनको संघर्ष कम्ती सकसपूर्ण थिएन। एक समय यस्तो पनि थियो, उनीसँग खानका लागि पैसासमेत थिएन।

पोलार्डको जन्म १२ मे १९८७ मा ट्रिनिडाडको टकारिगुआमा भएको थियो। बाबु थिएनन्, उनीसहित दुई बहिनीहरूलाई हुर्काउने जिम्मा आमाको थियो। घरको आर्थिक अवस्था राम्रो थिएन। आमाले उनीहरुलाई टकारिगुआबाट टुनापुना–पिराको लगिन्। यो ठाउँ लागुऔषध गिरोह, युद्ध, बन्दुकको नोकमा अपराध र खेलकुदको क्रेजका लागि परिचित थियो।

पोलार्डको अगाडि पैसा कमाउने दुईवटा बाटो थिए। एक गलत, तर सजिलो। र, दोस्रो सही तर कडा परिश्रम। उनले दोस्रो अर्थात् खेलको बाटो रोजे। यद्यपि, यसका लागि उनले धेरै त्याग गर्नुपर्‍यो। 

पोलार्ड जुन वातावरणमा हुर्केका थिए, त्यहाँ ६ महिना क्रिकेट र बाँकी ६ महिना फुटबल तथा एथलेटिक्स खेलिन्थ्यो। ओलम्पिकको समयमा सबैजना एथलेटिक्समा लाग्थे। फुटबल विश्वकप भएको बेला फुटबलको पछि। र, जब क्रिकेटको पालो आउँथ्यो, शहरमा सबै ब्रायन लारा, कर्टली एम्ब्रोस, कोर्टनी वाल्स बन्थे। पोलार्ड यस्तै एक चुलबुले बच्चा थिए।

बाल्यकालदेखि नै उनीसँग ठूला छक्का प्रहार गर्ने प्राकृतिक क्षमता थियो। तर, क्रिकेट उनको लागि महंगो खेल थियो। उनले ट्रेनिङ लिनु त परकै कुरा ब्याट किन्नसक्ने अवस्था पनि थिएन।

बाल्यकालमा उनलाई क्रिकेट कस्तो खेल हो भन्ने थाहा थिएन। यद्यपि, उनको जीवन क्रिकेटकै वरिपरि घुमिरहन लेखिएको थियो। विद्यालय पढ्दा उनी टेस्ट र एकदिवसीय क्रिकेटबारेमा मात्र सोच्थे। उनको सपना पहिले ट्रिनिडाड एण्ड टोबागोबाट खेल्ने र त्यसपछि वेस्ट इन्डिजको टोलीमा स्थान बनाउने थियो।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयस्तरमा हुने प्रतियोगिताले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो। उनको प्रतिभा सन् २००६ मा पूरा विश्वलाई थाहा भयो, जब वेस्ट इन्डिजको यू–१९ टोलीमा परे। त्यसपछि उनले प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेट तथा व्यावसायिक टी२० खेल्ने मौका पाए। 

उनले ट्रिनिडाड एण्ड टोबागोको लागि स्ट्यानफोर्ड टी२० प्रतियोगिता खेले। तर, प्रतियोगिताभर ब्याटिङ गर्न भने पाएनन्। यद्यपि, उनी ‘भाग्यमानी’ ठहरिए, उनले विकेट भने लिइरहेका थिए। 

यस प्रतियोगितामा वेस्ट इन्डिजका छनोटकर्ताले पोलार्डलाई हेरिरहेका थिए। उनको प्रदर्शन देखेर २० वर्षको उमेरमा उनलाई सन् २००७ मा वेस्ट इन्डिजको एकदिवसीय टोलीमा मौका दिइयो। तर, त्यही क्रममा क्रिकेटले आफ्नो दिशा बदलिरहेको थियो। सोही वर्ष टी–२० विश्वकप थियो। विश्वभर टी–२० लिगको क्रेज पनि बढ्दै गएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२००८ मा स्ट्यानफोर्ड र इङ्गल्याण्डबीचको खेलमा पोलार्डले दुई विकेट लिए। उक्त खेलमा इङ्गल्याण्डको टोली ९९ रनको स्कोरमा अलआउट भयो। स्ट्यानफोर्डले यो खेल ७.२ ओभरमा १० विकेटले जित्यो। यो सिरिजपछि पोलार्डले करिब १ लाख डलर पाए।

पोलार्डलाई विश्वभर चिनाउने खेल भने २००९ मा भएको च्याम्पियन्स लिग बन्यो। त्यसमा इन्डियन प्रिमियर लिग (आईपीएल)का टिमबाहेक न्यू साउथ वेल्स र ट्रिनिडाड एण्ड टोबागो सहभागी थिए। भारतको हैदराबादमा भएको प्रतियोगितामा एनएसडब्ल्यू (पहिले न्यू साउथ वेल्स क्रिकेट संघ भनेर चिनिन्थ्यो)ले २० ओभरमा १७० रन बनाएको थियो। 

जवाफमा ट्रिनिडाड एण्ड टोबागो टोलीले १५.२ ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो। त्यसपछि क्रिजमा आएका पोलार्डले अन्तिमसम्म हार मानेनन्। उनले उक्त खेलमा १८ बलमा ५४ रनको यस्तो इनिङ्स खेले, जसले टिमले मात्र जितेनकि उनको भविष्यको यात्रा पनि सहज भयो। उनले यस खेलमा ब्रेट ली, मोइसेस एनरिकेज, डग बलिन्जर र स्टुअर्ट क्लार्कजस्ता खेलाडीलाई समेत पछाडि छाडे।

यस प्रदर्शनलगत्तै आईपीएलकोे फ्रेन्चाइजी टोली मुम्बई इन्डियन्सले पोलार्डलाई साढे पाँच करोड भारुमा किन्यो। त्योबेला आईपीएल दोस्रो सिजनको तयारी थियो। उक्त सिजनमा पुग्दा पोलार्ड सबैभन्दा महंगा खेलाडी बने। उनी महंगो खेलाडी बन्नुको कारण उही १८ बलमा ५४ रनको प्रदर्शन थियो। त्यतिबेला यसरी ठूला सर्ट खेल्ने खेलाडी कमै हुन्थे। 

मुम्बई टोलीमा आबद्ध भएपछि उनले भनेका थिए, ‘आईपीएलमा मलाईं लिएपछि क्रिकेटप्रतिको मेरो मानसिकता पूरै परिवर्तन भयो। मैले थप जिम्मेवारी र व्यावसायिकताका साथ खेल्नुपर्ने थियो।’

त्यो अक्सनले विश्व क्रिकेटमा एउटा नयाँ युगको सुरुआत गरिदियो। यसले विश्व जगतमा नै पोलार्डको क्षमतालाई देखाइदियो। सो सम्बन्ध भने अझै पनि गाढा रहेको छ। हरेक आईपीएलमा झैं उनी यसपटक पनि मुम्बईसँग नै आबद्ध छन्।

पोलार्डले कुल १८४ आईपीएल खेलमा सहभागीता जनाएका छन्। सो अवधिमा १६ अर्धशतक प्रहार गरेका छन्। आईपीएलमा कुल ३ हजार ३५० रनको योगदान दिएका उनले बलिङतर्फ ६६ विकेट लिएका छन्।

पोलार्डले टी२० लिगमा उत्कृष्ट खेलेको कारण सन् २०१० मा वेस्ट इन्डिज क्रिकेट बोर्डसँग पनि विवाद भएको थियो। पोलार्ड आईपीएल पनि खेल्न चाहन्थे र वेस्ट इन्डिजका लागि पनि। तर, वेस्ट इन्डिज बोर्डसँगको सम्झौताको अर्थ उनी सधैं वेस्ट इन्डिजको टोलीबाट खेल्न उपलब्ध हुनुपर्छ भन्ने थियो। बोर्डले पोलार्डलाई इङ्गल्यान्ड ‘ए’ टुरमा टोलीसँग राख्न चाहेको थियो। तर, पोलार्डले यो शर्त मानेनन्। उनले वेस्ट इन्डिज बोर्डसँगको केन्द्रीय सम्झौता रद्द गरे।

त्यसपछि वेस्ट इन्डिजका महान् खेलाडी माइकल होल्डिङले पोलार्डलाई लिएर एक विवादस्पद अभिव्यक्ति दिए। उनले भनेका थिए, ‘मलाईं पोलार्ड क्रिकेटर हो जस्तो लाग्दैन।’ त्यसबेला होल्डिङ टी–२० क्रिकेटका आलोचक थिए। उनको यो भनाइपछि पोलार्ड झनै चिढिए। उनको जिद्दीको अगाडी केही लागेन। बोर्डले उनलाई आईपीएल खेल्न दिनेगरी छाडिदयो। उनी सन् २०१० को आईपीएलमा सबैभन्दा धेरै कमाउने खेलाडीसमेत बने।

पोलार्डलाई एक पटक वेस्ट इन्डिजका क्रिकेट प्रशंसकले सोधेका थिए, ‘बोर्डसँग सम्झौता नगर्नुको कारण के थियो ? तपाईं आफूलाई लिजेन्ड मान्नु हुन्छ कि भाडाको क्रिकेटर?’

जवाफमा पोलार्डले भनेका थिए, ‘म आफ्नो क्षमतालाई न्याय गर्न चाहन्थेँ। त्यस समयमा म संसारभर जाने र आफ्नो क्षमता देखाउने चाहना राख्थेँ।’ यद्यपि, पोलार्डले वेस्ट इन्डिजका लागि एकदिवसीय क्रिकेट खेलिरहे। उनले टी२० क्रिकेट पनि खेले, तर वेस्ट इन्डिज केन्द्रीय सम्झौताबाट बाहिर रहेर। जसले गर्दा उनले विश्वभर लगातार टी२० क्रिकेट खेल्न सक्थे।

पोलार्डले आफ्नो यो निर्णयबारे एक पटक भनेका थिए, ‘मैले मेरो निर्णयको लागि विश्वभरका मिडियाबाट आलोचना सुनेको छु। संसारभरका मानिसहरूको निशानामा परेको छु, तर म त्यो दिन हेर्न बाँच्छु– जब क्रिकेटरहरूले अन्तर्राष्ट्रिय क्रिकेट छोडेर विश्वभरका टोलीहरूका लागि टी२० खेल्नेछन्।’

२००७ मा घरेलु मैदानमा पोलार्डले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड्न भने करिब चार वर्ष संघर्ष गर्नुपर्‍यो। पोलार्ड टिमलाई चाहिएको बेला अवसर पाएमा बल र ब्याट जताबाट पनि योगदान दिइरहेका हुन्थे। २०११ मार्च ११ मा भारतको मोहालीमा आयरल्याण्डविरुद्धको खेलमा पोलार्डले ५५ बलमा ९४ रन बनाएका थिए। अर्को छेउबाट उनलाई डेभन स्मिथले साथ दिएका थिए।

खेल ३२ ओभरमा प्रवेश गर्दा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १३० रन जोडेको थियो। त्यसपश्चात् क्रिजमा पोलार्डको प्रवेश भयो। उनले ८ चौका र ५ छक्का प्रहार गरी ‘पावर–हिटिङ’को उत्कृष्ट नमूना पेश गरे। त्यसयता विश्व क्रिकेटमा पोलार्डको पहिचान नै ‘पावर हिटर’ बन्यो।

सन् २०११ डिसेम्बर ११ मा भएको भारतविरुद्धको खेलमा पनि पोलार्डले शानदार ब्याटिङ गरे। घरेलु खेलाडी वीरेन्द्र सेहवाग, रोहित शर्मा र विराट कोहलीको वर्चश्व भएको सो सिरिजमा पोलार्ड आफ्नो क्षमताको शानदार प्रदर्शन गर्न सफल भए। अन्तिम ओडीआईमा २६८ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरेको थियो।

तर, सुरुआत भने राम्रो रहेन। ३६ रन बनाउँदा चार विकेट गयो। त्यसपछि पोलार्ड क्रिजमा आए। उनले ४४.१ ओभरमा आउट हुनुअगाडि उनले अन्य ब्याटरसँगको साझेदारीमा वेस्ट इन्डिजका लागि १९७ रन थपे। पोलार्डले मात्र ११० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ११९ रन बनाए। वेस्ट इन्डिज त्यो सिरिजमा भारतसँग ४–१ ले पराजित भयो। पोलार्ड भने विश्व क्रिकेटमा आफ्नो छाप छाड्न सफल भइसकेका थिए।

सन् २०१२ मा वेस्ट इन्डिजलाई आईसीसी टी२० क्रिकेट विश्वकप जिताउन पनि पोलार्डले उल्लेखनीय भूमिका खेले। उनले सन् २०१६ टी२० विश्वकप भने चोटका कारण गुमाए। त्यस विश्वकपमा पनि वेस्ट इन्डिजले घरेलु टोली भारतलाई सेमिफाइनलमा पाखा लगाएर फाइनलमा इङ्ल्याण्डलाई हराउँदै टी२० विश्वकप ट्रफी उचालेको थियो। 

पोलार्डले अहिलेसम्म ३० टोलीबाट क्रिकेट खेलिसकेका छन्। उनले ५८८ टी२० खेलमा ११ हजार ५२३ रन बनाएका छन्। त्यस्तै ३०५ विकेट लिएका छन्।

पोलार्ड टेस्ट टिममा भने पर्न सकेनन्। उनले एउटा पनि टेस्ट खेलेका छैनन्। जबकि, १२३ ओडीआई र १०१ टी–२०आई खेलेका छन्। ओडीआईमा उनले तीन शतक र १३ अर्धशतकसहित दुई हजार ७०६ रन बनाउनुका साथै ५५ विकेट लिएका छन्। त्यसैगरी टी–२० आईमा ६ अर्धशतकसहित एक हजार ५६९ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्।

उनले २०१६ देखि २०१९ सम्म वेस्ट इन्डिजको टोलीमा स्थान पाएनन्। छनोटकर्ता परिवर्तन हुने बित्तिकै उनी २०१९ मा फेरि राष्ट्रिय टिममा फर्किए र एकदिवसीय तथा टी–२० टोलीको कप्तान बने। पोलार्डको कप्तानीमा वेस्ट इन्डिजले अस्ट्रेलिया र इङ्ल्याण्डसँगको सिरिजमा जित हासिल गर्‍यो। तर, उनको कप्तानीले भने दुवै फर्म्याटमा निरन्तरता पाउन सकेन। र, उनले सन्यासको घोषणा गरे।

पोलार्डको १५ वर्ष लामो करिअर विवादमा परेको थियो। उनले आफ्नो परिवारको लागि सधैं चाहेको कुरा हासिल गरे। उनी गरिबीबाट माथि उठेर परिवारलाई राम्रो जीवन दिन चाहन्थे। आफ्नी वृद्ध आमालाई आरामदायी जीवन प्रदान गर्ने पोलार्डको प्रयास थियो।

बाल्यकालको असफलतालाई आफ्नो प्रेरणाको रूपमा वर्णन गर्दै पोलार्ड भन्ने गर्छन्, ‘म चाहन्न थिएँ मेरो परिवार आर्थिक समस्याबाट गुज्रिरहोस्। त्यसैले जब म मैदानमा निस्कन्छु, परिवारको प्रेरणाले मलाईं प्रदर्शन गर्ने जोश दिन्छ।’

-एजेन्सीहरूको सहयोगमा 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्