काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई हराएको छ।
बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराएको हो।
बार्सिलोनाको जितमा खेलको ११औं मिनेटमा पियरे इम्रिक औवामेयाङले विजयी गोल गरे। फेरान टोरेसको क्रसमा उनले हेडमार्फत् गोल गरेका थिए ।
योसँगै औवामेयाङको स्पेनिस लिगमा ११औं खेलमा ९ गोल गरेका छन्। जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा १५ अंकले पछि छ। रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ।
च्याम्पियन्स लिगमा स्थान बनाउन क्लब ६ अंकले पछि छ। रियललाई ३५औं लिग उपाधि जित्न बाँकी ५ खेलमा मात्र ४ अंक आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।