काठमाडौं– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन्।
उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए।
अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनका विषयमा थप जाहेरी आउने क्रम जारी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।