• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

त्यसपछि रञ्जयले लगाउनु परेन फाटेको बुट र च्यातिएको जर्सी

64x64
दीप सुवेदी आइतबार, वैशाख ११, २०७९  ०७:०३
1140x725
तस्बिहरू : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं– हरेक खेलाडीले खेल जीवनको सुरुवातमा पहिचान बनाउनकै लागि संघर्ष गरेका हुन्छन्। कतिपयको सफलता सानो घेरमा सीमित भइदिन्छ भने, केहीले क्षमता निखार्दै अन्तर्राष्ट्रिस्तरसम्म पुग्छन्। वीरगञ्जका रञ्जय राय चौधरी संभावना बोकेका फुटबलर हुन्, जो साँघुरो घेराबाट माथि उठिरहेका छन्।

वीरगञ्ज युनाइटेडमा आबद्ध उनले ‘बी’ डिभिजन लिगमा डेब्यु गरेका छन्। ‘साइड डिफेन्डर’ को जिम्मेवारी लिएका उनले विपक्षीका अनुभवी स्ट्राइकरसँग आत्मविश्वासका साथ जुधे। लिगमा गरेको प्रदर्शनले उनको करियरमा एउटा इँटा थपिएको छ। उनी कति माथिसम्म पुग्छन्, त्यो त भविष्यले देखाउनेछ। तर, यति भन्न सकिन्छ– उनी ‘बी’ डिभिजनबाटै हराउन फुटबलर बनेका होइनन्। उनले गरिरहेको मिहिनेत यसको प्रमाण हो।

मोफसलबाट फुटबलमा उदाएको वीरगञ्ज युनाइटेड स्थानीय र अधिकांश अनुभवविहीन खेलाडी लिएर काठमाडौं ओर्लिएको थियो। नतिजा भने सुखद् रहेन। लिगमा १३ खेलबाट १५ अंक जोडेको वीरगञ्ज ‘बी’ डिभिजनमा रहने नरहने अन्तिम राउन्डको खेलपछि मात्र टुङ्गो लागेको थियो। अन्तिम खेलमा श्री भगवतीसँग २–० गोलले पराजित भए पनि अन्य क्लबको नतिजा अनुकूल आएपछि वीरगञ्ज ‘बी’ डिभिजनमा नै रहने निश्चित भएको छ।

आरसीटी, सरस्वती क्लबजस्ता ‘ए’ डिभिजनको अनुभव भएका काठमाडौंका ‘बी’ डिभिजन क्लबसँग प्रतिश्पर्धा गर्नुपरेको थियो। त्यसैले वीरगञ्जका खेलाडीका लागि यो प्रतियोगिता सिक्ने र अनुभव बटुल्ने ठाउँ थियो। यो सिकाइ भविष्यमा वीरगञ्जका लागि पक्कै महत्त्वपूर्ण बन्नेछ।

वीरगञ्जमा ‘फुटबल फिभर’ नयाँ होइन। वीरगञ्ज र आसपास साना–ठूला फुटबल प्रतियोगिता भइरहन्छन्। यही फुटबल फिभरलाई देखेर पूर्वखेलाडी मुन्ना चौधरीले एउटा टीम नै बनाएका थिए, चौधरी–११।

डिफेन्डर रञ्जय र मनोज चौधरी

मुन्ना २०६९/०७० सालमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथका खेलाडी थिए। खेल्ने क्रममा घुँडाको ‘लिगामेन्ट’ च्यातिएपछि खेल जीवन लामो हुन सकेन। तर, फुटबल मोहले उनलाई छाडेन। अनि गाउँका किशोरहरू बटुलेर टीम बनाए, जसलाई ‘चौधरी–११’ को नामले चिनिन थालियो। चौधरी–११ त्यही क्लब हो, जसले रञ्जयलाई स्थानीय प्रतियोगितामा ‘ब्रेक’ दिलायो।

त्यसअघि गाउँ–घरका दाइहरुले फुटबल खेलेर नाम बनाएपछि उनी फुटबलतिर आकर्षित भएका थिए। तर, घर परिवारको इच्छा पढाइ भएको हुँदा रञ्जयले बेलैमा आफ्नो सपनामा पंखा हाल्न सकेनन्। पढाइलाई नै निरन्तरता दिए। एसएलसी सकिएपछि भने खाली समयमा साथीभाइ समेटेर फुटबल खेलिरहन्थे। यही बेला उनी प्रशिक्षक मुन्नाको नजरमा परेका थिए।

‘१० कक्षा सकिएपछि केही काम थिएन। बिहान दिउँसो घरको काम सघाएर खाली समयमा फुटबल खेल्थ्यौं। दाइ (मुन्ना)ले टीम बनाउन खेलाडी खोजिरहनु भएको रहेछ। मैले फुटबल नै खेल्ने लक्ष्य बनाएकोले दाइको प्रस्तावलाई नाइ भन्न सकिनँ,’ उनी भन्छन्। तर, रञ्जयको फुटबल यात्रा सहज थिएन। उनी सम्पन्न परिवारका पनि होइनन्।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतः औपचारिक शिक्षापछि रञ्जयलाई जागिर खानुपर्ने र पढाइलाई नै निरन्तरता दिनुपर्ने बाध्यता थियो। बुवाआमा अरुको घरमा काम गर्दा पनि परिवारमा आर्थिक दबाब थियो। त्यसैले कमाउनतर्फ लाग्नु पर्ने अवस्था थियो। उता बुवाआमालाई पनि आफ्नो समस्या छोराले बुझ्ने विश्वास थियो। रञ्जय भने फुटबल छाड्नै नसक्ने अवस्थामा थिए।

उनले जागिरभन्दा फुटबललाई नै करिअर बनाउने सोचे। त्यसैले मुन्नाको टिममा पुगे। तर, फुटबल खेल्न रुची र क्षमता भएर मात्र हुँदैन, बुट र जर्सी पनि चाहिन्छ। ती सामग्री जोहो गर्न उनलाई धौधौ पर्‍यो।

डिफेन्डर रञ्जय र मनोज चौधरी

मैदानमा दौडिँदा दाइहरुले दिएको बुट कैयौंपटक च्यातियो। तर, उनको गति रोकिएन। ‘काठमाडौंमा जस्तो मैदान होइन। त्यहाँको मैदान सहज छैन। अभ्यास गर्दा नै कतिपटक बुट च्यातियो। कमाउनुपर्ने समयमा खेलमा रमाइरहँदा परिवारलाई भन्ने कुरा पनि रहेन। जे छ त्यसैमा संघर्ष गरियो,’ उनी विगत सम्झिन्छन्।

मैदानमा उनको प्रदर्शन बढिरहेको थियो भने बाहिर उनको खिसीट्युरी गर्नेहरू पनि उत्तिकै थिए। सुरुमा खेल्ने अनुमति दिएको परिवारले पछि गाउँका केही मान्छेका कुरा सुन्न थाले। छिमेकका समान उमेर समूहका युवाहरू कमाउन जाने भएका कारण उनलाई पनि दबाब आउन थाल्यो। 

उनले परिवारलाई फुटबलबारे जसोतसो सम्झाए। तर, जागिरमा जस्तो फुटबलमा पैसा थिएन। यता, वीरगञ्जमा काठमाडौंमा जस्तो व्यवसायिक फुटबल थिएन। ‘फुटबलमा केही छैन। पढे दुई पैसा कमाउँछस् भनेर सम्झाइरहनु हुन्थ्यो। त्यसैले खेल्न छाडेर पढ्, जागिर गर भन्नु हुन्थ्यो। खेल हो आफ्नो स्थान लिने खेलाडी पनि आउने जाने भइरहने हुन्छ भन्ने लाग्थ्यो। त्यही पीरले सताउँथ्यो,’ रञ्जय भन्छन्।

यही कुराले पिरोल्दा रञ्जयले खेलमा प्रयाप्त ध्यान दिन सकेका थिएनन्। तर, प्रशिक्षक मुन्नाले फुटबलमा असफल भए जसरी भए पनि जागिर खुवाइदिने आश्वासन दिए। उनकै आश्वासनले रञ्जय ढुक्क भएर मैदान उत्रिरहे। 

चौधरी–११ को सुरुआत भने राम्रो भएन। खेलाडी जन्माउन र जमाउन हिँडेको क्लबले आफ्नै पहिचान बनाउन संघर्ष गर्नुप¥यो। सानो टिम र नाम नसुनेकै कारण ठूला प्रतियोगितामा प्रवेश पाएन। साना गोल्डकपमा १०/१५ हजार रुपैयाँ मात्र पाइने हुँदा क्लबको आर्थिक स्थिति पनि सुधार गर्न सकेन। धेरै प्रतियोगिता खेलेपछि मात्रै चौधरी–११ ले रतनपुर गोल्डकपमा प्रवेश पायो। पहिलो ठूलो गोल्डकप भएका कारण खेलाडीले जिउ ज्यान दिएर खेले। त्यही अनुसार फाइनलमा पुग्यो। तर, उपाधि जित्न सकेन।

पहिलो प्रयासमै फाइनल पुग्न सक्नु असफल हुनु होइन। यो प्रतियोगिताबाट खेलाडीको ‘स्किल’ र ‘टेक्निक’मा धेरै सुधार गर्नुपर्ने देखियो। रञ्जय पनि आफ्नो क्षमता बढाउन लागे। 

डिफेन्डर रञ्जय र मनोज चौधरी

त्यसपछि रु.१ लाख पुरस्कार राशी भएको निजगढ गोल्डकप हुँदै अन्य प्रतियोगितामा टोली लगातार फाइनलमा पुग्यो। अब चौधरी–११ ले चर्चा बटुल्न थाल्यो। अनि, यही टोलीमाथि वीरगञ्ज युनाइटेडको नजर पुग्यो र चौधरी–११ त्यसैमा समाहित भयो।

वीरगञ्ज युनाइटेडमा समाहित भएपछि रञ्जयका च्यातिएका बुट र जर्सी सदाको लागि टाढा भए। क्लबले होस्टेलको व्यवस्थादेखि खेलाडीको आर्थिक सुधारसम्ममा सहयोग गर्‍यो। त्यति मात्र नभइ वीरगञ्ज युनाइटेडले ठूला प्रतियोगितामा पनि प्रवेश पायो। अब रञ्जयलाई समाजले हेर्ने ‘नजरिया’मा पनि परिवर्तन आयो।

‘चौधरी–११ पछि वीरगञ्जमा गएर खेल्दा बल्ल करिअर बन्छ भन्नेमा म ढुक्क भएँ। पैसाको अभाव भएन। जर्सी र अन्य कुराको व्यवस्था भयो। केही गोल्डकपबाट पाएको पैसा घरमा दिँदा गर्जो पनि टर्दै गयो। ठूला प्रतियोगिताका कारण समाजमा प्रतिष्ठा पनि बढ्दै गयो।

वीरगञ्ज युनाइटेडले वीरगञ्जमा मात्रै नभएर काठमाडौंमा पनि आफ्नो स्थान बनाइसकेको छ। ‘बी’ डिभिजनमा रहेको वीरगञ्ज ‘ए’ डिभिजनमा उक्लिन शीर्ष दुईमा पर्नुपर्ने थियो। प्रशिक्षक मुन्नाको लक्ष्य युनाइटेडलाई शीर्ष डिभिजनमा लैजाने नै थियो। उनले टीममा रञ्जयलगायत १७/१८ वर्षका किशोर खेलाडीलाई निरन्तरता दिएका थिए।

युनाइटेडले शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेडलगायत ‘ए’ डिभिजन खेलिसकेको रानीपोखरी कर्नर टिम (आरसीटी) र सरस्वती क्लबलाई समेत आछुआछु पार्‍यो। यी मुख्य खेलमा रञ्जयले पनि मौका पाए। तर, उनी आफ्नो खेलबाट सन्तुष्ट छैनन्। मैदानकै कारण आफूले क्षमता जति प्रदर्शन गर्न नसकेको उनी बताउँछन्।

‘गाउँमा कृतिम मैदान हुँदैन। यता, कृतिम मैदान भएको कारण खुट्टा पोल्ने र छिटो शरीर तात्ने समस्या भयो। हाम्रो टोलीमा सबैको खेल राम्रै थियो। तर, मैदानका कारण सोचेजस्तो १०० प्रतिशत नै दिन पाइएन,’ उनी भन्छन्।

प्रशिक्षक मुन्ना चौधरी

क्लब हारे पनि रञ्जयले हार मानेका छैनन्। यसपटक युनाइटेडले अनुभवविहीन खेलाडी समेटेर मध्यम प्रदर्शन गरेको छ। अर्को पटक ‘ए’ डिभिजनमै उक्लिने र राष्ट्रिय टोलीमा पर्नेगरी तयारी गर्ने उनी बताउँछन्। यसपटक अनिश्चित बनेको नेपाल सुपर लिग (एनएसएल)मा समेत वीरगञ्जले वीरगञ्ज सिटी एफसीको रुपमा सहभागिता जनाउने छ। त्यही कारण रञ्जयले टोलीमा पर्न निक्कै मिहिनेत गर्नुपर्ने बुझेका छन्। 

यदि, उनी वीरगञ्ज सिटी एफसीमा परे राष्ट्रिय टोलीसम्म पुग्न सकिने उनको विश्वास छ। यसअघि एनएसएलबाटै मनीष डाँगी र आयुष घलानले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। तर, एनएसएलसम्म स्थान बनाउन त्यति सहज भने छैन। राष्ट्रिय टोलीबाट खेलिसकेकाले बढी प्राथमिकता पाउने हुँदा रञ्जयजस्ता खेलाडीलाई सहज छैन। उनी निराश भने छैनन्। 

‘दाइहरुले हाम्रै लागि भनेर टीम बनाउनु भएको छ। त्यस टीमबाट एनएसएल खेल्न पाए राष्ट्रिय टोलीमा परिन्छ भन्ने लागेको छ। अहिले यति मिहिनेतले पुग्दैन। तर, मिहिनेत र संघर्ष जारी राखे राष्ट्रिय टिमसँग पुग्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भने।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्