काठमाडौं– रूसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरूद्ध सुरू गरेको आक्रमणका कारण देश छाडेकामध्ये १० लाखभन्दा बढी युक्रेनी आफ्नो देश फर्किएको किभको सीमा सुरक्षा बलले बताएको छ।
युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा देश छाडेकामध्ये १० लाखभन्दा बढी नागरिक स्वदेश प्रवेश गरेको बताए। ‘मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन्,’ उनले भने।
अवैध रुपमा सीमा पार गर्न खोजेको आरोपमा दुई हजारभन्दा बढीलाई पक्राउ गरिएको पनि उनले बताए। संयुक्त राष्ट्रसंघले बुधबार रूसले आक्रमण सुरु गरेदेखि नै ५० लाखभन्दा बढी युक्रेनीहरू देशबाट भागेको बताएको छ।
संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनसीएचआरले रूसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।