काठमाडौं–प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वर नरेफाँटाबट चार राउण्ड गोली र नक्कली सुनसहित विभिन्न सामान बरामद गरेको छ।
बुधबार दिउँसो सो स्थानकी सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्न काठमाडौं महानगरपालिकाका प्रतिनिधिसमेतको प्रहरी टोली खटिइ कोठा खोलेर हेर्दा ती सामान बरामद भएको प्रहरीले जनाएको छ।
तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको गोली राउण्ड ४, १ केजी नक्कली सुन, नेपाली सेनाको जर्सी, राहदानी, मोबाइल, विभिन्न व्यक्तिका नामको चेक, नागरिकता, जन्मकुण्डलीलगायतका सामग्री बरामद गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।