काठमाडौं– कैलालीमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बिहीबार राति ११:१५ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–५ सिहासन सामुदायिक वन क्षेत्रमा म १ क ४०७ नम्मबरको खालि ट्रक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ट्रकका चालक कैलालीको गौरीगंगा नगरपालिका–४ का ४५ वर्षीय थम्मन प्रसाद सापकोटा छन्। आफैँ अनियन्त्रित भइ ट्रक सडकबाट अन्जादी १२० मिटर तल खसेको थियो।
चालक सापकोटाको ट्रकमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका ट्रकका सहचालक गौरीगंगा–४ कै २५ वर्षीय गोविन्द गुरुङलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।