काठमाडौं–फ्रि फायर गेममार्फत् १३ वर्षीया बालिकासँग चिनजान गरी जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालिका ८ मातातीर्थबाट २७ वर्षीय महेश उदासलाई नियन्त्रणमा लिएको हो।
बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा छोरी हराएको भन्दै निवेदन दिएपछि खोजतलास गर्ने क्रममा मातातीर्थबाट बालिकालाई फेला पारेको थियो।
बालिकाले फ्रि फायर खेल्ने क्रममा एक वर्षदेखि उदाससँग चिनजान भएको र म्यासेन्जरमार्फत् कुराकानी हुँदा विवाह गर्ने आश्वासन दिई चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याएको बताएकी थिइन्। महेस उदासले चैत ३० गते टोखा नगरपालिका ६ बसुन्धरामा राखी जबर्जस्ती करणी गरेको बयान बालिकाले दिएपछि पीडकलाई मातातीर्थबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अभियुक्त उदासलाई अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।