नेपालगञ्ज-श्री एयरलाइन्सले नेपालगञ्जबाट काठमाडौं उडानका लागि टिकट काटेका यात्रुलाई पाँच घण्टाभन्दा धेरै समय कुराएर अन्तिममा उडान रद्ध गरेपछि विमानस्थलमा नाराबाजी भएको छ ।
श्री एयरलाइन्सको उडानमार्फत् काठमाडौं जानका लागि साढे पाँच बजेको टिकट काटेका यात्रुहरु मंगलबार समयमै नेपालगञ्ज विमानस्थल पुगेका थिए। उडानको समय सार्दै ९ बजे पुर्याएको श्री एयरले अन्तिम समयमा आएर फ्लाइट क्यान्सिल गरेपछि यात्रुहरु आक्रोशित बनेका छन्।
अहिले विमानस्थलमा नाराबाजी भइरहेको छ। यात्रुहरुलाई विमानस्थल सुरक्षामा खटिएको सुरक्षाकर्मीले निकाल्न खोजिरहेका छन् तर यात्रुहरु भने नाराबाजी गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।