१. पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सत्ता गठबन्धन दलहरुबीच सहमति, कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने। (सत्ता गठबन्धन दलहरुबीच सहमति)
२. एकीकृत समाजवादीले सार्वजनिक गर्यो घोषणापत्र, मनमोहन अधिकारीदेखि माधव नेपाल सरकारको कामबारे चर्चा, २०० युनिट बिजुली निःशुल्क, आफूहरु अपमान सहन नजन्मिएको अध्यक्ष नेपालको प्रतिक्रिया । (एकीकृत समाजवादीले सार्वजनिक गर्यो घोषणापत्र)
३. निर्वाचन आचारसंहिताविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतद्वारा खारेज, स्थानीय तहमा हाल कायम रहेका जनप्रतिनिधिले वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने । (सर्वोच्च अदालतद्वारा रिट खारेज)
४. रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा ठूलो स्तरको हमला थालेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा पुष्टि, डोन्बासमाथि थालिएको आक्रमणले 'दोस्रो चरणको युद्धको शुरूवात' गरेको उल्लेख । (रुसद्वारा पूर्वी युक्रेनमा आक्रमण सुरु)
५. र, एन्फाद्वारा सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथलाई ३ लाख जरिवाना, मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको उल्लेख । ( नयाँबस्ती युथलाई जरिवाना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।