काठमाडौं–बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक विद्यालयमा आफ्नो पार्टीको भ्रातृ संगठनका कमिटीहरु निर्माण गर्न आफ्ना कार्यकर्तालाई गरेको आह्वानप्रति आपत्ति जनाएको छ।
प्रधानमन्त्रीले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिँदै कानुनविपरीत कार्य गर्न आह्वान गरेको भन्दै सिजपले असहमति जनाएको हो।
यस्तो सार्वजनिक आह्वान बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ विपरीत रहेको स्पष्ट देखिएको उल्लेख गर्दै सिजपले भनेको छ, ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी गरिएको यस्तो आव्हानले विद्यालयको शैक्षिक कार्यक्रमहरुमा प्रत्यक्ष असर पार्नुका साथै बालबालिकाको भविष्य तथा हाम्रो समाजलाई दूरगामी रुपमा नकारात्मक असर पार्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।