काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङमा मंगलबार बिहानै भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो।
दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको हो। सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
भूकम्पको धक्का महसुस गरिए पनि क्षति भए/नभएको बारे कुनै जानकारी नआएको बझाङ डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।