काठमाडौं–नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीहरुको संयोजकत्वमा प्रदेश डेस्क स्थापना गरेका हुन्।
सातवटै प्रदेश डेस्कलाई महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने जनाइएको छ। प्रदेश डेस्कमा प्रदेश १ मा जीवन परियार, मधेशमा भीष्मराज आङदम्बे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौर छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।