काठमाडौं–नेकपा एमालेले १२ वटा केन्द्रीय विभागको गठन गरेको छ। सोमबार साँझ अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले १२ विभाग गठन गर्नुका साथै केन्ँद्रीय सल्लाहकार परिषद्को संख्या १०६ बाट थपेर २७८ पु¥याउने निर्णय गरेको हो।
यस्तै, एमालेले स्थानीय तह निर्वाचनका लागि विभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारसमेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।
समानुपातिकको सूचीमा रहेकाहरुको नाम नहटाई उम्मेदवार बनाउन नमिल्ने भएकाले यस्तो निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
सचिवालयका प्रमुख ५ निर्णय
१. स्थानीय तहको निर्वाचन सार्ने सत्ता गठबन्धनको षड्यन्त्रको स्थानीयस्तरसम्म प्रतिवाद गर्ने।
२. घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित
३. १२ वटा केन्द्रीय विभाग गठन गर्नुको साथै केन्द्रीय सल्लाहकार परिषदको संख्या १०६ बाट थपेर २७८ पुर्याउने
४. केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जना सदस्य थप
५. वैशाख ९ गतेबाट केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।