• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २१, २०८२ Wed, Jun 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
नेपाली कांग्रेसबाट ६ महानगरको मेयरमा ७४ भन्दा बढीको दाबी, प्रतिनिधिसभा सांसददेखि प्रदेशमन्त्रीसम्म आकांक्षी
64x64
दुर्गा दुलाल सोमबार, वैशाख ५, २०७९  १६:२४
1140x725

काठमाडौं– संघीय शासन व्यवस्था लागू भएपछि स्थानीय तह पूनर्संरचना गर्न गठन भएको आयोगले ३०० भन्दा कम  स्थानीय तह राख्न प्रस्ताव गरेर प्रतिवेदन दिएको थियो। स्थानीय तहलाई सरकारकै रूपमा संविधानले स्वीकार गरेकाले साझा सूचीका अधिकार दिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख थियो। तर, राजनीतिक दलका शीर्ष नेताहरूले यो सुझाव मानेनन्।

आयोगले दिएको प्रतिवेदन विपरीत ७५३ स्थानीय तह बनाइयो। जसमध्ये ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका, ४६० गाउँपालिका रहे। यसरी निर्माण भएको स्थानीय तहको पहिलो निर्वाचन २०७४ सालमा हुँदा केन्द्रीय तहका र चर्चित अनुहार कमैले भाग लिए। तर, आगामी वैशाख ३० गते हुने दोस्रो निर्वाचनमा भने चर्चित केन्द्रीय नेता ‘हेबिवेट’ उम्मेदवार हुने संभावना बढेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलहरूबाट प्रतिनिधिसभा, प्रदेशसभाका सांसद मात्र नभएर मन्त्रीसमेत भइसकेका नेताले स्थानीय तहको नेतृत्वका लागि आकांक्षा राखेका छन्।

प्रमुख प्रतिपक्ष एमालेले ६ वटै महानगरमा मेयरको आकांक्षीहरूको नाम सिफारिस गरिसकेको छ। सत्तारुढ गठबन्धनभित्र सहमति हुन नसक्दा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले महानगरका उम्मेदवार तय गर्न सकेका छैनन्। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल कांग्रेसका महानगर समितिहरूले मेयरको उम्मेदवारका लागि नाम सिफारिस भने धमाधम गरिरहेका छन्। कांग्रेसले हालसम्म ललितपुर, विराटनगर, पोखरा र भरतपुरबाट उम्मेदवार बन्न चाहनेहरूको प्रारम्भिक सूची तयार गरेको छ। काठमाडौं र वीरगञ्जमा भने उम्मेदवारको प्रारम्भिक सूची तयार नभए पनि केही नेताले खुलेरै दाबी गरिरहेका छन्।

काठमाडौं महानगर
काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवारको प्रतिस्पर्धाको दौडमा वर्तमान उपमेयरसहित महिला नेतृहरूको बढी चर्चा छ। अबको मेयरका लागि उपमेयर हरिप्रभा खड्की, सिर्जना सिंह, सपना जोशी, निलकाजी श्रेष्ठ, सुुसन वैद्य, मुकुन्द रिजाल, प्रगतिमान रञ्जित र नरोत्तम वैद्यले आकांक्षा राखेका छन्।

सिर्जना सिंहलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। काठमाडौं क्षेत्र नं. ७ बाट महासमिति सदस्य रहेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। विगतमा उनी नेवि संघको राजनीतिमा लामो समय सक्रिय थिइन्। उनी फेरि सक्रिय राजनीतिमा आउने योजनामा छिन्। 

अर्की आकांक्षी सपना जोशी स्व. नवीन्द्रराज जोशीकी श्रीमती हुन्। उनी काठमाडौं क्षेत्र नं. ८ बाट महासमिति सदस्य छिन्। सादगी नेताको छवि बनाएका जोशीको निधनपछि   उनलाई जिम्मेवारी दिनुपर्ने तर्क पार्टीमा उठ्ने गरेको छ। 

वर्तमान उपमेयर हरिप्रभा खड्की पनि मेयर उम्मेदवारको दाबेदार हुन्। अघिल्लो निर्वाचनमा एमालेले मेयर जित्दा आफूले उपमेयरका रूपमा प्रमुख प्रतिपक्षको भूमिका राम्रैसँग निभाएको भन्दै उनले मेयरको दाबी गरेकी हुन्। एमालेको मेयर हुँदा सोचेजसरी काम गर्न नपाएकाले यसपटक आफूले पाउनुपर्ने भन्दै उनले पार्टीमा लबिङ थालेकी छिन्।

त्यस्तै, काठमाडौ वडा नं. २० का वडाध्यक्ष तथा महानगर सभापति नीलकाजी शाक्य र वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल पनि मेयरको उम्मेदवार बन्ने दौडमा छन्। शाक्यसँग महानगर सभापतिमा पराजित प्रगतिमान रञ्जित, प्रदेश सांसद नरोत्तम वैद्य र  काठमाडौं महानगर समितिका सचिव सुसन वैद्यले पनि मेयरको उम्मेदवार बन्ने चाहना गरेका छन्। 

Ncell 2
Ncell 2

भरतपुर महानगर 
सत्ता गठबन्धनमा स्थानीय तहमा तालमेलसम्बन्धि सहमति हुन नसक्नुको एउटा प्रमुख कारण भरतपुर महानगरपालिको मेयर पदको उम्मेदवारमा कांग्रेस र माओवादी केन्द्रबीच भएको हानथाप हो। भरतपुरमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई कांग्रेसले सहयोग गरेको थियो। माअ‍ोवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल मेयरमा विजयी भएकी थिइन्। यसपटक पनि माओवादी केन्द्रले उनलाई नै उम्मेदवार बनाउन चाहेको छ। तर, कांग्रेसका नेता कार्यकर्ताले प्रत्येक पटक अन्य दलका उम्मेदवारलाई मत हाल्न नसक्ने भन्दै विद्रोहको चेतावनी दिइरहेका छन्।

कांग्रेस चितवन जिल्ला कार्यसमितिले भरतपुरको मेयरमा दाबी गर्ने निर्णय गरिसकेको छ। जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसको उम्मेदवार रहने गरी अरु पालिकामा गठबन्धन दलहरूबीच तालमेल गरेर जाने निर्णय गरेको छ।  यो विवाद केन्द्रीय तहसम्मै आइपुगेको छ। ३ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले भरतपुर छोड्न नहुने भन्दै सभापतिलाई दबाब दिए।

महानमन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भरतपुरबारे कुरा उठाएका थिए।  अन्तिममा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले त्यहाँ उपमेयर पाउने कुरा राखेपछि असन्तुष्टि झनै बढेको छ। चिवनका केही कार्यकर्ताले त माओवादीलाई समर्थन गर्न नसक्ने भन्दै सामूहिक राजीनामासमेत दिइसकेका छन्।

माओवादी केन्द्रले दाबी गरिरहेको भरतपुरमा कांग्रेसबाट मेयरका आकांक्षी २५ जना पुगेका छन्। कांग्रेसको भरतपुर महानगर समितिले आवेदन मागेपछि मेयरमा २५ र उपमेयरमा २४ जनाले दाबी गरेका हुन्। मेयर दाबी गर्नेमा बागमति प्रदेश उद्योगमन्त्री मिलनबाबु श्रेष्ठदेखि अघिल्लो निर्वाचनमा पछि हटेका उम्मेदवार दिनेश कोइरालासम्म छन्।

यसरी दाबी गर्नेमा उद्योगमन्त्री श्रेष्ठ र केन्द्रीय सदस्य कोइरालासहित अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्वसभापति भरत अधिकारी, पूर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी छन्। त्यस्तै नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दीर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, डा. केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडी पनि मेयरका आकांक्षी छन्। 

ललितपुर महानगरपालिका 
२०७४ सालको निर्वाचनमा झिनो मतान्तरले जितेर राम्रो काम गरेको भन्दै मेयर चिरिबाबु महर्जनले प्रशंसा पाएको ललितपुर महानगरमा कांग्रेसबाट सात जना आकांक्षी छन्। सत्तारुढ दलहरूको गठबन्धनमा ललितपुर कांग्रेसकै भागमा पर्ने लगभग निश्चित भएकाले आकांक्षी धेरै देखिएका हुन्। कांग्रेस ललितपुर महानगर समितिले सात जना आकांक्षीको नाम सिफारिस गरेको छ। जसमध्ये मेयर चिरिबाबु महर्जन पनि छन्। 

सिफारिस हुने अन्यमा उपमेयर गीता सत्याल, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र कांग्रेस महानगरका पूर्वसभापति राजेश महर्जन छन्। एमालेले भने अघिल्लो निर्वाचनमा पराजित भएका हरिकृष्ण ब्यन्जनकारलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

आफूले यसअघि थालनी गरेका काम पूरा गर्न पुनः मेयर हुनुपर्ने दाबी चिरिबाबुको छ। उनलाई केन्द्रले जित्नसक्ने सम्भावित उम्मेदवारको रूपमा हेरेको बताइन्छ। सबै महानगरको हकमा प्रस्तावित नाम क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रबाट निर्णय हुन्छ।

पोखरा महानगर
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी र कांग्रेसले दाबी गरेका कारण कसले पाउने भन्ने टुंगो लागिसकेको छैन। यसअघि एमालेले जितेको कारण देखाएर एकीकृत समाजवादीले दाबी गरे पनि कांग्रेसको कास्की जिल्ला कार्यसमितिले ५ वैशाखमा विज्ञप्ति जारी गरेर अन्य दललाई छाड्न नसक्ने भन्दै मित्रवत् प्रतिश्पर्धा गर्ने निर्णय गरेको जनाएको छ। 

कांग्रेसले यसअघि पोखरा महानगर समितिले आकांक्षीहरूको नामावली संकलन गरिसकेको छ। उम्मेदवारका आकांक्षीलाई ४ वैशाख ४ बजेसम्म आवेदन दिन भनिएको थियो। मेयरका लागि गण्डकी प्रदेशका मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन्। मेयरका लागि गण्डकीका कानुनमन्त्री विन्दुकुमार थापाले पनि पार्टीमा आवेदन दिएका छन्। उनकी भाइ बुहारीले उपमेयरको उम्मेदवारका लागि निवेदन दिएकी छिन्। उपमेयरमा १० जनाले दाबी पेस गरेका छन्। 

मेयरको उम्मेदवारका आकांक्षीमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन्। 

उमपमेयरका लागि आवेदन दिनेमा माया बराल, कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन्। कांग्रेसबाट महानगर प्रमुखको उम्मेदवार दाबी पेस गर्न २५ हजार रूपैयाँ तिरेर आवेदन बुझाउनुपर्ने नियम बनाइएको थियो। यस्तै, उपमेयरको उम्मेदवारका लागि दाबी पेस गर्नेले २० हजार रूपैयाँ तिरेर नाम दर्ता गराउनुपर्ने थियो।

विराटनगर महानगरपालिका 
अघिल्लो पटक कांग्रेसले जितेको विराटनगर महानगरपालिकामा पनि मेयर पदका लागि ‘हेबिवेट’ उम्मेदवार मैदानमा देखिने संभावना बढेको छ। प्रतिनिधिसभा सांसद डिला संग्रौलाले मेयरको दाबी गरेपछि उनको नाम पनि सिफारिसमा परेको छ। त्यस्तै अहिलेका मेयर भिम पराजुली पनि दोहोरिने पक्षमा छन्। 

उनीहरूबाहेक केन्द्रीय सदस्य अमृत अर्याल, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम पनि मेयरका लागि सिफारिस भएको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले आफ्नो विगतको छवि कायम राख्नका लागि यसपटक आफू पक्षका मेयरलाई उम्मेदवार बनाएर जिताउने दबाबमा शेखर कोइराला छन्। कोइराला निवास रहेको उक्त  क्षेत्रमा कांग्रेस परम्परागत रूपमा बलियो छ।

त्यस्तै, विराटनगरको उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस भएको छ। 

वीरगञ्ज महानगर
सत्ता गठबन्धनका बीचमा भागबन्डा नमिलेको महानगर वीरगञ्ज पनि हो। यो महानगरमा कांग्रेस र जसपाको दाबी छ। अबको निर्वाचनमा छुट्टछुट्टै उम्मेदवार भए यहाँ कांग्रेस, जसपा र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

वीरगञ्जमा कांग्रेसका तर्फबाट मेयरमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल जारी रहेको पर्सा जिल्ला सभापति जनार्दन क्षेत्रीले बताए। महानगर समितिले भने नौ जनाको नाम सिफारिस गरेको छ। सिफारिस गरिएकामा श्याम पोखरेल, राकेश सिंह, नरेन्द्र साह र प्रकाश उपाध्यायलगायत छन्। ‘हामी आजभोलिसम्म नाम अन्तिम गर्ने तयारीमा छौँ,’ उनले भने ‘मेयर र उपमेयरमा आकाक्षी धेरै देखिएकाले उनीहरूको नाममा सहमतिको प्रयास हुने, नभए लोकतान्त्रिक बाटोबाट उम्मेदवार छान्ने प्रक्रियामा जान्छौँ।’

अर्का एक नेताले सत्ता गठबन्धनले उक्त महानगर जसपाको कोटामा दिनसक्ने संभावना पनि भएकाले अहिले नै नाम निश्चित गर्न हतारो हुने बताए। यसअघिको स्थानीय निर्वाचनमा वीरगन्जको मेयरमा जसपाका विजय सरावगी विजयी भएका थिए। उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरेका थिए। तर, सरावगी एमाले प्रवेश गरेका छन्। एमालेले उनैलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने बुधबार, जेठ २१, २०८२
भूकम्पको धक्कापछि पाकिस्तानको जेलबाट भागे दुई सय बढि कैदी बुधबार, जेठ २१, २०८२
एनसेलले सुरु गर्यो  ‘लीग अफ क्रिएटर्स’ अभियान, विजेतालाई १० लाख बराबरको ब्रान्ड डिल जित्ने मौका बुधबार, जेठ २१, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै बुधबार, जेठ २१, २०८२
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक मंगलबार, जेठ २०, २०८२
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्