काठमाडौं–सरकारले छानबिनका लागि समिति गठन गरेपछि निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उनको रिट आइतबार अबेर दर्ता भएको हो। पहिलो सुनुवाइको पेसी मंगलबारलाई तोकिएको छ।
सरकारले अधिकारीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा समिति बनाएको छ। सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार छानबिन समिति बनाएपछि उनी निलम्बनमा परेका थिए। सरकारले आफूमाथि कुनै गल्ती वा अनियमतितामा छानबिनका लागि समिति निर्माण नगरी प्रतिशोधका लागि मात्र बनाएको दाबी उनको रिटमा गरिएको छ।
चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो।
मंगलबार एक न्यायाधीशको इजलासले अन्तरिम आदेश जारी गरेमा उनी फेरि राष्ट्र बैंक फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।