वालिङ– स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप डाँडाखर्कको भित्री सडकमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिब बस्नेतका अनुसार मृत्यु हुनेमा १ बालकसहित ५ जना छन्। उनीहरुको पहिचान खुल्न नसकेको एसपी बस्नेतले नेपाल लाइभलाई जानकारी दिए।
घाइतेहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको एसपी बस्नेतले जानकारी दिए।
'डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको जीप डाँडाखर्कमै दुर्घटनामा परेको छ। दुर्घटनामा एक बालकसहित ५ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ,' एसपी बस्नेतले भने, 'जीपका चालकसहित ६ जना घाइते छन्। उनीहरुलाई गण्डकी मेडिकल कलेज रेफर गरिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।