• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

घरमा पार्किन्सन्सका बिरामी छन्? यी कुरा ख्याल गरौं

डा पंकज जलान आइतबार, वैशाख ४, २०७९  ०७:०२
1140x725

काठमाडौं- मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ।

३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा झन्डै ५० लाखभन्दा बढी व्यक्तिमा यो समस्या रहेको अनुमान गरिएको छ। यो रोग महिलाको दाँजोमा पुरुषमा दुई गुणा बढी लाग्ने सम्भावना रहेको अध्ययनले देखाएको छ। विशेषगरी वृद्धावस्थामा यो समस्या देखिने भए पनि ३०–४० वर्षका व्यक्तिहरु पनि पीडित भएका पाइन्छन्। 

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने तथ्यांक छैन। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मांसपेशीको गतिमा अवरोध हुन्छ।

मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ। साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशनअनुसार मांसपेशीको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। 

तर पार्किन्सन्स भएपछि स्नायुकोष निस्क्रिय हुने भएकाले डोपामाइन रसायन बन्न सक्दैन। यसले गर्दा व्यक्ति सुस्त हुँदै जाने, काम गर्न नसक्ने, सीधा उठ्न नसक्ने, हात–खुट्टा काँप्ने, मांसपेशीको लचिलोपना कम हुने तथा बाउँडिने, हिँड्डुल गर्न नसक्ने वा लड्ने, लेख्ने क्षमतामा कमी हुँदै जाने, स्वरमा परिवर्तन हुने, खाना सर्कने आदि समस्या आउन सक्छ। यो समस्याबाट देखिने लक्षण पनि व्यक्तिअनुसार फरक–फरक हुन सक्छ। कसै–कसैमा सामान्य प्रकारको मात्र लक्षण देखिने हुन्छ  तर कसैमा जटिल प्रकारको समस्या हुन्छ र व्यक्ति निष्क्रिय जीवन व्यतित गर्न बाध्य हुन्छ।

मुख्य रूपमा मष्तिस्क स्नायुकोषको खराबीका कारण पार्किन्सन्सको समस्या हुन्छ। तर, टाउकोमा लागेको चोटपटक, वंशाणुगतलगायत कारणले गर्दा पनि यो रोग हुन सक्ने अध्ययनले देखाएको छ। विशेषत हातखुट्टा थरथर काँप्ने, मांसपेशीको लचिलोपना कम हुने, शरीरको गतिमा कमी आउने, हिँड्न गार्‍हो हुने, शरीरको सन्तुलन कायम राख्न गार्‍हो हुने, अनुहारको मांसपेशी कडा हुने यस अवस्थामा देखिने लक्षण हुन्।

यी लक्षणबाहेक चिन्ता वा तनाव बढ्ने, स्मरणशक्ति घट्दै जाने, धेरै वर्षदेखि कब्जियत हुने, मुख सुख्खा भई निल्न गार्‍हो हुने, सुँघ्ने क्षमतामा कम हुँदै जानेजस्ता अन्य लक्षणसमेत देखिन सक्छन्।

यो रोग के कारणले भएको हो भन्ने हालसम्म पनि निक्र्यौल हुन सकेको छैन। यस विषयमा अनुसन्धानहरू भैरहेका छन्। विशेषगरी जेनेटिक कारण, कसै–कसैलाई केमिकलका कारणले हुनेगर्छ। प्राय पार्किन्सन्स हुने बिरामीमा कारण पत्ता लागेको हुँदैन। त्यसकारण यसलाई ‘इडियोप्याथिक पार्किन्सन्स डिजिज’ पनि भनिन्छ। पाकिन्र्सन्स सँगसँगै कसै–कसैलाई डिमेन्सीया (बिर्सने समस्या) पनि हुने गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतया बुढेसकालमा लाग्ने रोग भएकाले यसलाई सामान्यरुपमा हेरिएको पाईन्छ। किनभने बृदावस्थासँगै हातखुट्टा काँप्ने, हिँड्डुल गर्न नसक्ने, स्मरणशक्ति कम हुने हुदा जस्ता लक्षण हुनाले यसलाई सामान्यरुपमा लिएको पाईन्छ। तर यो एक किसिमको रोग हो भन्ने धेरैलाई थाहा हुँदैन।  

यो रोग पूर्णरुपमा निको हुँदैन। यसका लागि औषधि नै प्रमुख उपचार भएपनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ। बिदेशमा पार्किन्सन्सको शल्यक्रिया समेत गरिन्छ। जसलाई डिप ब्रेन्स स्टुमिलेसन भनिन्छ। 

पार्किन्ससका बिरामीले के कुरामा ध्यान दिने?
पार्किन्सन्स भइसकेका बिरामीलाई विशेषगरी लड्नबाट बचाउनु पर्छ। त्यसकारण कोठाहरुमा ठोक्किने ठाउँहरु राख्न हुँदैन। भित्ताहरु तथा भुईमा बाक्लो म्याट तथा अन्य वस्तु राख्न सकिन्छ। शौचालय जाँदा विशेष ध्यान दिन आवश्क हुन्छ। पार्किन्सन्का बिरामी जुनसुकै बेलामा पनि लड्न सक्ने खतारामा हुन्छन्। त्यसैले उनीहरुको विशेष हेरचाह गर्न आवश्यक हुन्छ। यदि लडेर फ्याक्चर भएमा निको हुन धेरै नै समस्या हुन्छ।

बिरामीलाई खाना खान र निल्न गार्‍हो हुने भएकाले नरम खाना खुवाउनु पर्छ, कहिलेकाँही ट्युबको सहायतासमेत लिनुपर्ने हुन्छ।खाना खाने समयमा निल्न गार्‍हो हुने भएकाले सर्केर निमोनिया भई मृत्यु पनि हुनसक्छ। त्यसकारण बिरामीलाई खाना खुवाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिरामी एक्लैलाई खुवाउनुभन्दा परिवारको साथमा राखेर खुवाउँदा बिरामी रमाउनुका साथै खानाप्रति रुची पनि बढ्छ। यदि बिरामीलाई खाना चपाउन र निल्न गार्‍हो छ र खानाप्रति रुची पनि कम छ भने चपाउन र निल्न सजिला हुने किसिमको परिकार दिनुपर्छ।

उनीहरुले धेरै कुरा बिर्सन सक्ने भएकाले परिवारले यस्ता कुराहरुमा पनि ध्यान दिन आवश्यक हुन्छ। रोगको अवस्था अनुसार समय समयमा चिकित्सकको सल्लाह लिन आवश्यक छ।

-(न्यूरो फिजिसियन डा जलान नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्)

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्